AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

मैत्रीपूर्ण फुटबल खेलमा फुटबल संघ विजयी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ मंसिर २०७३, शनिबार १९:४६
3
Shares

४ मंसिर,विराटनगर /मोरङ जिल्ला फुटबल संघ र नेपाल पत्रकार महासंघ मोरङबीच शनिबार भएको मैत्रीपूर्ण भएको फुटबल खेलमा फुटबल संघ विजयी भएको छ ।

पूर्वाञ्चाल हुन लागेको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता हुने नहुने अन्यौलमा रहँदा विभिन्न खेल आवद्ध सस्थाहरुले दवाव मुलक कार्यक्रम गर्न थालेका छन् । विभिन्न मिति सार्दै पूर्वाञ्चलमा सातौं राष्ट्रिय प्रतियोगिता नहुन नदिन विभिन्न क्षेत्र लागेको अवस्था दवावका लागि मैत्रीपूर्ण खेल आयोजना गरिएको फुटबल संघले जनाएको छ ।

तोकिएको समयमा पूर्वाञ्चलमै राष्ट्रिय प्रतियोगिता हुनु पर्छ भन्दै संघले खेल आयोजना गरेको हो । खेलमा फुटबल संघकातर्पm बाट एन्फाका उपाध्यक्ष सन्तोष बाँनियाको नेतृत्व र नेपाल पत्रकार महासंघबाट महेन्द्र विष्टको नेतृत्वमा खेल सम्पन्न भएको हो ।

खेलमा फुटबल संघले महासंघलाई ३–० गोलमा पराजित गरेको थियो । संघका लागि किरण गिरी, दुर्गा श्रेष्ठ र प्रकाश मास्केले गोल गरेका थिए ।
खेलको उद्घाटन पूर्वाञ्चल खेलकुद विकास समितिका अध्यक्ष रविन नगरकोटीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर