RUMPUM
animated ellipse animated ellipse

स्वरुप फेर्दै सहिद रंगसाला

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१ मंसिर २०७३, बुधबार २१:०२
3
Shares
विराटनगर/ विराटनगर सहिद रंगसालाको रुप फेरिदैछ । विराटनगर उपमहानगरपालिका, राष्ट्रिय खेलकुद, परिषदको करिव एक करोड २५ लाख लागतमा रंगसालाको रुप फेर्ने कार्य सञ्चालन भैरहेको छ ।
बर्साै पुराना प्याराफिडको पूरानो ढलान उक्काएर नया ढलान गर्नेकाम सकिएको छ । पानी परे खेल नै अवरुद्ध हुने रंगसालामा अब जस्तोसुकै पानी परेपनि नजम्नेगरी मैदान भित्रबाट अण्डर ग्राउण्ड पाइप बिछयाइएको छ । भने मैदानवरीपरि निकास नाला निर्माण भैसकेको छ । मैदानको सुरक्षाकालागि वरीपरी तालजारी लगाउने पिल्लरपनि निर्माण गरिएको छ । भने स्थायी रुपमा तारजाली पनि लगाइने छ ।rangashala
एक पटक सम्याएर रंगसालामा पाइप राखेर माथीबाट बालुवा बिछियाइएको छ । बालुवा राखे पश्चात सम्याएर माथीबाट पून माटोले पूरेर झार रोपिने छ । यसरी तयार पारिदै गरेको मैदान अन्तराष्ट्रीय स्तरको रंगसाला भन्दा कम हुने छैन ।
पछिल्लो समय काम निरन्तर गरिएपनि सुरुवात ढिलो भएका कारण खेलकुद प्रतियोगिताहरु अन्योलमा परेका छन् । सातौ राष्ट्रिय खेलकुद उदघाटन गरिने भनिएको सहिद रंगसाला समयमा नै मर्मत नहुदा मिति सरेको हो ।
मंसिर ८ गते उदघाटन गरिने भनेको सातौ राष्ट्रिय खेलकुदको मिति अझै तय भएको छैन । मंसिर ८ सम्म रंगसाला तयार हुन्छ भन्ने छाट पनि छैन । मैदानकै कारण विराट गोल्डकपनि अन्योलमा परेको आयोजकले बताउदै आएका छन् ।
करिव एक करोड २५ लाखको लागतमा मैदानको मर्मत लगभग सकिएको जिल्ला खेलकुद विकास समिति मोरङका अध्यक्ष किसोरलाल अमात्यले जानकारी दिए । उनका अनुसार बजेटले मैदान पून मर्मत, प्यारफिड मर्मत, गेट मर्मत, नाला निर्माण लगायतका काम गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर