पूर्वाञ्चल खबर
२९,कार्तिक,विराटनगर/ जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी हवल्दार र जवानहरुकालागि आयोजना गरेको अपराध अनुसन्धान अनुशिक्षण(घुम्ति प्रशिक्षण) सम्पन्न भएको छ । गत बुधवार सुरु ६ दिने अपराध अनुसन्धान तालिम समापन भएको हो ।
समापनका क्रममा तलिमकी संयोजक प्रहरी निरिक्षक जमुना बस्नेतले तालिमका गतिविधीहरु प्रस्तुत गरेकी थिइन । समापनन कार्यक्रमका प्रमुख अतिथी समेत रहेको मोरङका प्रहरी उपरिक्षक सन्दिप भण्डारीले मानव अधिकार संरक्षण र सम्वर्धनकालागि तालिमबाट सिकेका कुरा व्यावहारमा उतार्न निर्देशन दिएका थिए । दोस्रो चरणको तालिममा ९ जना प्रहरी हवल्दार र ३० जना प्रहरी जवान सहभागि थिए ।