पूर्वाञ्चल खबर
विराटनगर, २९ कार्तिक / विराटनगर – १३ जहदा रोडमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिस्पेसियालिटि हस्पिटलले विश्व मधुमेह दिवसको अवसर पारेर निः शुल्क मधुमेह परामर्श तथा सुगर जाँच गरेको छ ।
मधुमेह सम्बन्धि जनचेतना बढाउन आयोजना गरिएको परामर्श सेवामा हस्पिटलका विशेषज्ञ जनरल फिजिसियन डा. केशरबहादुर गुरुङबाट ९७ जना विरामीको स्वास्थ्य जाँच तथा निःशुल्क औषधी पनि वितरण गरिएको हस्पिटलका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए ।
अस्पतालले समय–समयमा विभिन्न निःशुल्क शिविरहरु आयोजना गर्दै आएको र भविष्यमा पनि यस्ता प्रकारका कार्यक्रमहरु गर्ने बताइएको छ ।