AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने-मन्त्री केसी

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२९ कार्तिक २०७३, सोमबार १८:००
3
Shares
फाइल तस्वीर

२९, कार्तिक विराटनगर/ सहरी विकासमन्त्री अर्जुननरसिंह केसीले दलहरुको सहमतिमा संविधान संशोधन प्रक्रिया अगाडि बढाउने विषयमा गृहकार्य भइरहको बताएका छन् ।

विराटनगर विमानस्थाल आज स्थानिय सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री केसीले समयमै निर्वाचन गराउन पनि संविधान संशोधन प्रक्रिया जतिसक्दो चाँडो अगाडि बढाउनु आवश्यक रहेको बताएका छन् । आगामी २०७४ साल माघभित्रै तीनै तहको निर्वाचन गराउनुपर्ने भएकाले संविधान संशोधनका लागि धेरै ढिलाइ गर्न नहुने उनको भनाइ थियो ।

मन्त्री केसीले आन्दोलनरत दलहरुको मागलाई सम्बोधन गरेर संविधानलाई सर्वस्वीकार्य बनाउँदै कार्यान्वयनमा मुख्य दलहरु एक भएर अघि बढाउनुपर्नेमा जोड दिए । मन्त्री केसीले कांग्रेस, एमाले तथा नेकपा माओवादी केन्द्रको सहयोगमा संविधान जारी भएकाले नेकपा एमालेले पनि संविधान संशोधन प्रक्रियाबाट अलग रहन नहुने बताएका छन् ।

मन्त्री केसीले अंगिकृत नागरिकताको विषयमा बाहिर आएको कुरामा कुनै सत्यता नभएको भन्दै अंगिकृत नागरिकताको विषयमा अन्तरिम संविधानमा भएको व्यवस्था अनुसार नै हुने प्रस्ट पारे । नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका केसीले अख्तियार प्रमुख लोकमानसिंह कार्की माथिको महाअभियोग प्रस्तावको विषयमा संसदमा छलफल चलिरहेकाले कांग्रेसले समय आएपछि सहि निर्णय लिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर