पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चलसम्वाददाता
२९, कात्तिक, पथरी/ गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ गीतको म्यूजिक भिडियोको छायांकन आइतबार गरिएको छ । मोरङको जाँते–१, डाँडा गाउँमा खिचिएको उक्त गीतको रचना/संगीत देव गुरुङ, एरेन्ज पविधन खालिङले गरेका छन् ।
क्रेजी इन्टरटेइमेन्टको व्यानरमा निर्मित सो म्यूजिक भिडियो भूपेन्द्र तुम्वाहाम्फेको छायांकन र सन्तोष राईको निर्देशन रहेको छ । ‘जमर्काे’ गीति एल्वममा समाविष्ट उक्त गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् ।
म्यूजिक भिडियोमा अन्य कलाकारहरुमा करण धिताल, पुकार राई, जीवन सुवेदी, दीपक खालिङ, सन्तोष राई बी, फिपराज बेघाले पनि अभिनय गरेका छन् । भिडियोमा नृत्यका पार्टहरु पनि राखिएकोले अभिषेक मगरको कोरियोग्राफ रहेको छ ।
‘भिडियो गाउँले परिवेशको रहनसहनलाई कैद गरिएको र छिट्टै नै युट्युव र टेलिभिजन मार्फत् सार्वजनिक गरिनेछ’ निर्देशक राईले भने ।