CLASSICTECH NET

चिनीया उद्योगी नेपालमा लगानि गर्न इच्छुक

खबर पूर्वाञ्चल, २८ कार्तिक २०७३, आईतवार १६:३३

अनिल श्रेष्ठ
विराटनगर, २८ कार्तिक / चिनीया उद्योगी व्यापारीहरुले नेपालमा उत्पादन र प्रवद्र्धन गर्नको लागी लगानि गर्न इच्छुक देखाएका छन् ।

उनीहरुले जलविद्युत, कृषि पर्यटन, खनिजजन्य क्षेत्रमा जहिले पनि लगानि गर्न इच्छुक देखाएका हुन । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय सहितको सात सदस्य टोली एक साताअघि चिन भ्रमण सकेर स्वदेश फर्किएका उद्योगीहरुले आज विराटनगरमा पत्रकार सम्मेलन गरि यस्तो जानकारी गराएका हुन ।

कार्यक्रममा बोल्दै उद्योग संगठन मोरङका अध्यक्ष उपाध्यायले नेपालमा लगानिको वातवरण सृजना गरे चिनिया उद्योगी, व्यापारीहरुले जहिले पनि नेपालमा लगानी गर्न इच्छुक देखाएको बताए । १८ कार्तिकमा चिन भएको साँतौ साउद एसिया कार्यक्रममा नेपालका उद्योगी बीचको ऐतिहासिक समझदारी र भ्रमण भएको अध्यक्ष उपाध्यलले जानकारी दिए ।

नेपालसहित २० वटा मुलुकको सहभागिता भएको भ्रमण निजी स्तरको यो नै सबैभन्दा पहिलो भ्रमण रहेको उपाध्यायले दाबी गरे ।
चीनको मुख्य तीन सहरमा भएको भ्रमणले नेपालमा लगानीको वातवरण सृजना गर्न सम्भावित क्षेत्रको बारेमा संगठनले कार्यपत्र प्रस्तुतसमेत गरेको थियो ।

चीनको औद्योगिक शहर छन्दुनमा भएको साँतौ एसिया कार्यक्रममा उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्याय र चीनका काउन्सिलका अध्यक्ष लि. जोङसँग समझदारी पत्रमा हस्ताक्षर समेत गरिएको छ । सो समझादरीमा पत्रमा आपसी व्यापार अभिवृद्धि गर्ने, दुवै संस्था बीच निरन्तर सम्पर्क र समन्वय गर्ने, राजश्वका दर, भंसारलगायत व्यवसाय सम्बन्धि सूचना आदन प्रदान गर्ने, दुवै मुलुकमा हुने औद्योगिक प्रदर्शनीमा सहभागिता हुने, लगानीका अवसर बारे जानकारी गराउनेलगायतको विषयमा समजदारी भएको अध्यक्ष उपाध्ययले जानकारी गराए ।

‘छलफलमा चीनबाट पेट्रोलियम पदार्थको आपूर्ति र नेपालको उत्तर दक्षिण बाटो खुलाउने विषयमा समेत व्यापक रुपमा छ – अध्यक्ष उपाध्यायले भने ।’
चीनिया उद्योगीहरुले नेपालमा हाइड्रोपावर, सिमेन्ट, पर्यटन र चियामा लगानी वातावरण चाँडै सृजना गर्ने विषयमा समेत छलफल भएको संगठनको वरिष्ठ उपाध्यक्ष भीम घिमिरेले बताए । उनका अनुसार सन २०१७ को माघमा नेपालमा हुने ‘एक्स्पो’ मा चीनका चेम्वरबाट एक प्रतिनिधि मण्डल आउने समेत जानकारी दिनुभयो । नेपालमा आएका बेला चीनिया टोलीले नेपालमा लगानिको सम्भावित क्षेत्रको अवलोकनसमेत गर्ने इच्छा देखाएको उपाध्यक्ष घिमिरे बताए । त्यसको साथै नेपालमा उत्पादन हुँदै आएको चियाँ बगानको चिनिया टोलीले निरीक्षण समेत गर्ने बताइएको छ ।

चीनीया उद्योगीहरुले नेपालमा साना – साना कृषि उद्योगको क्षेत्रमा समेत लगानि गर्ने सम्भावनदा देखाएको भ्रमणटोलीमा रहनुभएको उपाध्यक्ष सुयश प्याकुरेलले बताए । नेपालमा विद्युत, आपूर्ती र पूर्वाधार निमार्णमा ध्यान दिए चीनिया उद्योगी, व्यापारीहर व्यवसायिक सम्बन्ध गास्न तयार रहेको उपाध्यक्ष प्याकुरेलले जानकारी गराए ।

नेपालबाट गएका टोलीले चीनको कृषिजन्य उत्पादन चिया उद्योगको अवलोकनसमेत गरेका थिए । दश दिने भ्रमणमा संगठनको तर्फबाट अध्यक्ष उपाध्याय, वरिष्ठ उपाध्यक्ष घिमिरे, उपाध्यक्षहरु सुयश प्याकुरेल, प्रदीप मुरारका, राजकुमार गोल्छा, कार्यकाररिणी समिति सदस्य सुशिल रिजाल एवं संगठनका महादिर्नेशक सोमनाथ अधिकारीको सहभागिता रहेको थियो ।

तपाईको प्रतिक्रिया

moder era School

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक:
पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल, ९८५२०२२३९२
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५