पूर्वाञ्चल खबर
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर,२६ कार्तिक/ वल्र्ड साइन्स डे को अवसरमा नेपाल एकेडमी अफ साइन्स एण्ड टेक्नोलोजि(नाष्ट)ले विराटनगरमा अन्र्तरक्रियात्मक कार्यक्रम गरेको छ ।
नेपाल पत्रकार महासंघको सभाहलमा आयोजित कार्यक्रममा विभिन्न दुई वटा कार्यपत्र प्रस्तुत गरिएका छन । सो अवसरमा नाष्टका उपकुलपति प्राडा.जीवराज पोखरेलले नेशनल डेभलप्मेन्ट एण्ड नाष्ट र नाष्ट कै प्राज्ञ प्राडा.दिलिप सुब्बाले एस एण्ड टी इन नेशनल डेभलप्मेन्ट कन्टेस्ट बिषयक कार्यपत्र प्रस्तुत गरेका थिए ।
प्रत्येक बर्ष नोबेम्बर २५ लाई वल्र्ड साइन्स डेको रुपमा मनाउने गरिएको र सोहि अवसरमा कार्यक्रम आयोजना गरिएको नास्टका कार्यबिधि अधिकृत बद्रीनाथ भट्टराईले जानकारी दिए । सो अवसरमा बोल्दै नास्टका उपकुलपति प्रा.डा पोखरेलले नास्टले सात वटै प्रदेशमा शाखा विस्तार गरेर रिसर्च ल्याब स्थापना गर्ने गृहकार्य गरिरहेको जानकारी दिए ।
शाखा विस्तार गर्ने सम्बन्धमा नास्टले ७ वटै प्रदेशका मुख्य सहरहरुबाट सुझाव समेत संकलन गरिरहेको जनाइएको छ । कार्यक्रमका सहभागि वक्ताहरुले नेपाल कृषि प्रधान देश भएकाले त्यसको विकासकालागि नास्टले कृषि विज्ञानलाई अझ विकसित गर्ने लक्ष्य सहित अघि बढनुपर्ने सुझाव दिएका थिए ।