पूर्वाञ्चल खबर
गोरखा,२० कार्तिक / फोटो स्क्यान्डल भएसँगै एकाएक चर्चामा आएकी गोरखा भूम्लिचोककी कुसुम श्रेष्ठ एउटा फोटोको कारण यति व्यस्त भइन् कि अचेल उनी आफ्नो दैनिक काम गर्न पाउदिनन् । बरु उनलाई आफ्नो चलचित्रको नायिका बन्न प्रस्ताव गर्दै फिल्म युनिटनै गोरखा पुगेका छन् ।
‘तरकारीवाली’ यति खेर बिभिन्न मान्छे सँगको भेटमा व्यस्त छिन् । तरकारी बोकेको फोटो भाइरल भएसँगै अहिले दिनहुँ उनलाई भेटन आउने मानिसहरुको भिड लाग्ने गर्छ । कोही मोडल बन्ने अफर लिएर आउँछन् भने कोही फिल्म खेलिदिनु पर्यो भन्दै आउने गरेको उनका काका पदम श्रेष्ठले बताए ।
त्यस्तै उनलाई हेर्नका लागि मात्रै भएपनि मानिसहरु आउने गरेको श्रेष्ठको भनाई छ । उनलाई भेट्न हामी चितवनको फिस्लिङ पुग्दा कुसुम सहकारीमा तरकारी व्यवस्थापन गर्दै गरेका आफ्नो काकालाई सहयोग गरिरहेकी थिइन् ।
फिल्म यूनिटलाई के भनिन् कुसुमले ?
कुसुम काका पदमलाई तरकारी व्यवस्थापनमा सघाउन पनि नभ्याएकी भइसकेकी छन् । हामी पुग्दा उनी किसानहरुले ल्याएको गोलभेडाहरु व्यवस्थापन गर्न उनका काका पदम श्रेष्ठलाई सहयोग गर्न व्यस्त थिइन् ।
संयोग वश त्यस दिन ‘लम्फु’ नामक नेपाली चलचित्रको फिल्म युनिट पनि त्यहा आइपुगेको रहेछ । फोटो भाइरल भएर चर्चामा आएसँगै केही समय अघि ‘लम्फु’ चलचित्रका फिल्म युनिटले कुसुमलाई फिल्ममा खेल्ने अफर गरेको थियो ।
उनले आफन्तसँग सल्लाह गरेर निर्णय दिने बताएपछि उनको निर्णय लिनका लागि फिल्म युनिट त्यहाँ पुगेको फिल्मका निर्माता शक्ति बल्दव घोरासैनीले बताए । सकेसम्म लाजले बाहिर निस्कन नमान्ने कुसुमले लम्फु युनिटको प्रस्ताव अश्वीकार गरिन् ।
उनलाई लम्फु फिल्ममा खेल्ने प्रस्ताव फिल्म यूनिटले केही समय अगाडी नै राखिसकेको थियो । अब भने उनीहरु जवाफको पर्खाइमा थिए । उनीहरु बारम्वार सोध्दै थिए, ‘फिल्म खेल्ने निर्णय गर्यौ त ?’ तर उनी भने मन्द मुस्कानले कुरा टार्ने गर्थिन् । बारम्वारको प्रश्न पछि उनलाई नबोली सुखै भएन । उनले मधुरो स्वरामा निर्देशकलाई भनिन् ‘म पहिला आफ्नो करियर बनाउन चाहन्छु, पढाइ सकेपछि सोचौला ।’ निकै आशा बोकेर आएको फिल्म युनिट एक्कासी झस्कियो ।

उनले फिल्म खेल्ने अफर अरु पनि आएको तर आफूले भने अहिले फिल्म नखेल्ने निर्णय गरेको बताइन् । तर फिल्म क्षेत्र र मोडलिङ उनको रहरको बिषय रहेको उनी बताउँछिन् ।
लम्फु को कुसुमलाइ तिन वटा प्रस्ताव
फिल्म खेल्ने प्रस्ताव अस्वीकार गरेपछि कुसुमलाइ फिल्म यूनिटले तीन वटा प्रस्ताव गर्यो ।
पहिलो प्रस्तावः उनी अहिले चितवनको रत्ननगरमा रहेको ओइष्ट मोडल कलेजमा व्यवस्थापन संकाय तर्फ कक्षा ११ मा अध्ययनरत छिन् । उनको कक्षा १२ सम्मको सम्पूर्ण पढाइ खर्च फिल्म युनिटले व्यहोर्ने ।
दोस्रो प्रस्तावः काठमाडौको बवरमहलमा रहेको मेघा कलेजमा स्नातक तहको पढाइका लागी छात्रवृति प्रदान गर्ने ।
तेस्रो प्रस्तावः ‘लम्फु’ फिल्ममा कुसुमले अभिनय गर्ने । तर, यसको बिषयमा भने परिवार सँग छलफल गरी निर्णय दिने कुसुमले बताइन् । अनलाइनखबर