AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धरौटीमा छुटेका अभियुक्तबाट ज्यान मार्ने धम्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ कार्तिक २०७३, बुधबार १८:२५
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर,२४ कार्तिक/ धरौटीमा छुटेका अभियुक्तहरुले ज्यान मार्ने धम्की दिएको भन्दै मोरङ मधुमल्लाको एक परिवारले सुरक्षाको माग गरेको छ ।

विराटनगरमा आज पत्रकार सम्मेलन गरि मधुमल्लाका १ का नन्दकुमार श्रेष्ठको परिवारले सुरक्षाको माग गरेको हो ।

हत्या अभियोग पक्राउ परेका निश्चल लिम्बूसहितको समूहले अदालतबाट धरौटीमा छुटेपछि मादक पदार्थ सेवन गरि ज्यान मार्ने धम्की दिएपछि सुरक्षाको माग राख्दै जिल्ला प्रशासन कार्यालय मोरङमा निवेदन दर्ता गराएको श्रेष्ठ परिवारले जनाएको छ ।

श्रेष्ठको ३३ वर्षीय छोरा विनोदकुमारलाई २०६८ असोज २२ गते निश्चलसहितको १४ जनाको समूहले मधुमल्लामा रहेको मावा सुनसरी सामुदायिक वनमा बोलाएर धारिलो हतियार प्रहार गरि हत्या गरेका थिए ।

नन्दकुमारले छोराको हत्यामा संलग्न भएको भन्दै अजय राई, सन्जय राई, दोकिस राई, राजकुमार खवास, निर्मल ढकाल, गोपाल साह, ध्यानबहादुर राई, रोहित लिम्बूसहित १४ जना विरुद्ध जाहेरी दर्ता गरेका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीले जाहेरीपछि उनीहरुलाई पक्राउ गरेको थियो । पक्राउ परेकामध्ये निर्मल ढकालाई जन्मकैद र राजकुमार खवासलाई ५ वर्ष कैद गर्ने जिल्ला अदाल मोरङले फैसला गरेको थियो भने गोपाल साहलाई सफाई दिएको थियो ।

गएको भदौमा श्रेष्ठको हत्याको मुख्य योजनाकार भनिएका निश्चल, अजय, संजय, महेश, इन्द्र, राजु, ज्योति धरौटीमा छुटेको पीडित परिवारले जनाएको छ ।

धरौटिमा छुटेका अभियुक्त निश्चलले श्रेष्ठ परिवारलाई आपूmहरु विरुद्ध मुद्दा हालेको भन्दै ज्यान लिने धम्की बारम्बार दिएको बताइएको छ । श्रेष्ठ परिवारले मोरङ अदालतबाट उनीहरुलाई धरौटीमा छाड्ने फैसला चित्तबुझदो नभएको भन्दै उच्च अदालतमा पु्नरावेदनसमेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर