खबर पूर्वाञ्चल
विराटनगर २२ कार्तिक । मोरङको कटहरी १ आर्दशनगरको ईन्फीनीटी म्युजीकल व्याण्डले पुर्वाञ्चल बालआश्रमका बालबालीकाहरुलाई खाजा तथा खाना खुवाएको छ ।
व्याण्डले तिहारमा दैसीभैलो खेलेको आर्थिक रकमबाट उठेको पैसाले आश्रममा रहेका बालबालीकाहरुलाई खाजा तथा एकदिनको खाना खु्वाएको हो । प्राय दैसीभैलो खेलेर उठेको पैसाबाट पिकनिक तथा मनोरञ्जन गर्ने जस्ता कार्यक्रमलाई त्यागेर सामाजिक कार्यमा सहयोग गर्न सुरु गरेको व्याण्डका अनुप श्रेष्ठले जाजकारी दिए ।
यसैसाल देखि स्थापना भएको व्याण्डमा २० जना सदस्य रहेको श्रेष्ठले बताए । व्याण्डले आश्रममा बालबालीहरुसँग दैसीभैलो सहित संगितीक कार्यक्रम पनि गरेको थियो । व्याण्डले यसरी बालबालीकालाई सहयोग गरेको प्रति आश्रमकी अध्यक्ष सीता पोखरेलले खुशी व्याक्त गर्दै
युवाहरु आर्दश बाटोको पक्षमा लाग्न प्रेरित गरीन् । हाल आश्रममा बालबालीका र वृद्धा सहित गरी ९० जना बस्दै आएका छन् ।