खबर पूर्वाञ्चल
पुष्पराज थपलिया
विराटनगर/ गतबर्षको तुलनामा यस बर्ष विराटनगरमा छठका श्रदालु र अवलोकन गर्ने सर्वसाधरणहरुको संख्या बढेको छ ।
मौसमको अनुकुलताका कारण गत बर्ष भन्दा यो बर्ष विराटनगरमा छठको व्रत लिने र अवलोकन गर्नेहरुको संख्या तुलनात्मक रुपमा बढेको हो । आइतवार अस्ताउँदो सूर्यलाई अर्घ दिएर सुरु हुने बर्त सोमवार विहानको उदाउँदो सूर्यलाई अर्घ दिएर बर्त समाप्त हुन्छ । श्रदातलु भक्तजनहरु आइतवार रातभर जागराम बस्ने गरेका छन् ।
पूर्वी तराईका अधिकांश जिल्लाहरुमा यो पर्व धुमधामसँग मनाईंदै छ । विराटनगरको सिंघिया, केसलिया सुनसरी मोरङ सिचाई आयोजनका नहरमा छठ मनाउने भक्तजनको घुइचो छ । त्यस्तै मोरङका अन्य क्षेत्रका खोलानालामा पनि सर्वसाधरणहरु छठ मनाउन बसेका छन् ।