animated ellipse animated ellipse

सनासँग चुम्बन गर्दा हिरोको घर झगडा, नायिकाले किन भन्थिन्-‘टाढा नै बस ?’

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२१ कार्तिक २०७३, आईतवार १८:२०
3
Shares

‘वजह तुम हो’ चलचित्रकी नायिका सना खानको हट दृश्यले अहिले एक नायकको घरमा झगडा सुरु भएको छ । चलचित्रमा सनासँग हट दृश्य दिएका कलाकार गुरमित र उनकी पत्नीविच सम्बन्धमा दरार आएको भारतीय मिडियाको दाबी छ ।

तर, यो चलचित्रका लागि अन्तरंग दृश्य दिन सनालाई सजिलो थिएन । हालै मिडिया कुराकानीका क्रममा सनाले यो कुराको खुलासा गरेकी हुन् । यो चलचित्रमा अन्तरंग दृश्य दिने क्रममा सना निकै असहज महशुश गर्ने गर्थिन् । उनी बारम्बार गुरमितलाई आफूबाट टाढा बस्न भन्थिन् ।

उनले मिडिया कुराकानीमा भनेकी छिन्-‘यो एक स्टूपिड फोबिया हो । जुन मलाई सधै नै हुने गर्छ । जब म सुटिङ वा कुनै इभेन्टका लागि तयार हुन्छु, मेरा साथीहरु प्नि मेरो नजिक आउनबाट डराउँछन् ।’

मेरो पहिरन विगि्रयोस् भन्ने म कदापी चाहन्न । जसकाकारण, पनि यो चलचित्रमा गुरमित नजिक आउन खोज्दा मैले टाढा नै बस्न भन्थेँ । आफूले गुरमितलाई आफ्नो नजिक नआउने भन्दै दिकदार बनाएको सनाले खुलाएकी छिन् ।

आफूले आफ्नो पहिरन खराव नहोस् भनेर चाहेको उनको भनाई छ । पछि, आफूले यो चिन्तालाई टाढा राखेर काममा नै रमाइलो गरेको सनाले बताएकी छिन् । यो चलचित्रमा सना र गुरमित निकै कामुक दृश्यका कारण यसको चर्चा चुलिएको छ । अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर