पूर्वाञ्चल खबर
विराटनगरको गुद्री बजारमा रहेको भवनमा कार्यक्रमको आयोजना गरी छठ पूजन सामाग्री वितरण गरेको हो । व्रतालु ११ जना गरीब, विपन्न महिलालाई छठ पूजाका लागि चाहिने सम्पूर्ण अत्यावश्यक सामाग्री वैश्य समाज विराटनगरका अध्यक्ष रमेश भगतले वितरण गरेका हुन् ।
गरीब,विपन्न महिलाहरुले छठका लागि आवश्यक सामाग्री पाएपछि आफूहरुलाई पूजा गर्न सहज भएको बताएका थिए । समाजमा रहेका गरीब, विपन्न वर्गलाई पूजा गर्न सहज होस् भनेर कार्यक्रमको आयोजना गरिएको आयोजक जनाएको छ । नेपाल वैश्य समाज विराटनगरले यसभन्दा अघि पनि विभिन्न सामाजिक कार्य गर्दे आएको छ ।