animated ellipse animated ellipse

झिलीमिली साँझ सांस्कृतिक कार्यक्रम रमाए दर्शक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१८ कार्तिक २०७३, बिहीबार १६:१७
3
Shares
दिपासंग गायक प्रवलदिप, साहित्यकार खेम नेपाली लगायत नाच्दै तस्वीर -प्रेम देवान

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर १८ कार्तिक /मोरङको कटहरी ३ स्थित खोरिया भन्ने स्थानमा बुधबार झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा दर्शकहरुले दिपाश्री निरौलाको उपस्थितीमा भरपुर मनोरञ्जन लिन पाए ।

कार्यक्रममा उपस्थित आम दर्शक मनोरञ्जन लिदै ।
कार्यक्रममा उपस्थित आम दर्शक मनोरञ्जन लिदै

स्थानिय श्रीअनन्त स्पोर्टिङ क्लबले आयोजना गरेको झिलिमिलि साँंझ सांस्कृतिक तथा सम्मान कार्यक्रममा सु्रक्षाकर्मिलाई समेत दर्शकको भिडलाई समाल्न हम्मे– हम्मे परेको थियो ।

सुरुमा स्थानिय कलाकारहरुले आ– आफनो प्रस्तुति गरे पछी अहिले कै सबैभन्दा सुपरहिट नेपाली फिल्मी छक्का पन्जाकी निर्देशक तथा नायीका दिपाश्री निरौला जब कार्यक्रम स्थलमा प्रवेश गरिन् उनलाई स्वयमसेवक तथा सुरक्षा कर्मीहरुले घेरा हाली कार्यक्रमको स्टेजमा पुर्याउन निकै गाहे भएको भएको थियो ।

दिपाले सुरुमै आई लव यु खोरिया गाईज भन्ने वित्तिकै हुटिङ र तालीको बर्षा नै भएको थियो । उनले चलचित्र वाड न ६ को सुर्खे थैली खोई भन सुर्खे थौली खोई भन्ने गीतमा नाच्न थाले पछि उपस्थित दर्शक पनि के कम सबै जना कम्मर मचाई मचाई नाच्न भ्याए ।

खोरियामा थारु र चौधरी बस्ती भएका कारण पनि दिपाले धनियाको बोलीमा केही बेर मनोरन्जन दिलाईन् । उपस्थित अथिती, पत्रकार अन्य कलाकार, साउण्ड सिस्टमका भाई र आम दर्शकलाई धनियाको भाषा मै जिस्काउन समेत भ्याईन् ।

उनले बोलेको धनियाको भाषामा निकै नै दर्शकले रुचाए । दिपा आफ्नो बुवा तुलसी प्रसाद निरौला दिदि र बहिनीको साथमा आएकी थिईन् । कार्यक्रम रेडियो नेपालका वरिष्ठ कलाकार रामा मण्डल, प्रवल्दीप विश्वास , नितीन गजुरेलले गीत गाएका थिए ।

कार्यक्रममा क्लवले बरिष्ट गायक रामा मण्डल र दिपा श्री निरौलालाई गायन र कलाकारीता क्षेत्रमा लामो समय देखी योगदान पुुर्याएको भन्दै सम्मान गरिएको कार्यक्रम संयोजक राजेश राजवशीले जानकारी दिए । सम्मानित व्याक्तीहरुलाई कार्यक्रमका प्रमुख अतिथी प्राडा विविश पोखरेलले बरिष्ट कवि खेम नेपालीले सम्मान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर