खबर पूर्वाञ्चल
काठमान्डौँले पूर्व क्षेत्रीय प्रहरी केन्द्र बिराटनगरलाई ट्राइब्रेकरमा ३–० को गोल अन्तरले पराजित गरेको हो ।
निर्धारीत ७० मिनेटमा दुवै टिमले १–१ गोलको बराबरीमा खेल रोकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट गरिएको थियो ।
ट्राइब्रेकरमा चर्च व्वाइजका क्याप्टेन पाल्साङ लामा,अफ्रिकिन खेलाडी जाजा जिहा र बुद्धिमान राईले गोल गरे भने प्रहरीका दिनेश गुरुङले पहिलो गोल प्रहार गरेको पोष्टबाट बाहिरिएको थियो । त्यसैगरी प्रहरीकै मित्र बस्नेतको गोल पनि पोष्ट बाहिएको थियो । प्रहरीका अर्का खेलाडी उज्वल राईले प्रहार गरेको बल चर्च व्वाइजका गोल रक्षक किशोर गिरीले सहजै पञ्ज गरेर बाहिर फ्याकिदिए पछि प्रहरी पराजय भोगेका थिए ।
खेलको म्यान अफ द म्याच प्रहरीका बिशाल खवास घोषित भएका थिए ।
प्रतियोगिता अन्तर्गत फाइनलको खेल शनिबार आयोजक नव प्रगतिशिल समाज सेवा क्लब र चर्च व्वाइज काठमाडौ विच हुने भएको छ ।