AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

धामीद्वारा किशोरीमाथि यौन दुर्व्यवहार

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ कार्तिक २०७३, मंगलवार २०:०१
3
Shares

झापा, कात्तिक ९/बाह्र वर्षीय एक किशोरीलाई यौन दुव्र्यवहार गरेको आरोपमा झापाको बिर्तामोडबाट आज एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारत इस्लामपुर निवासी ५० वर्षीय महमद रफिगुल रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ। प्रहरीका अनुसार किशोरीलाई झारफुक गर्ने बहानामा उनले यौन दुव्र्यवहार गरेका थिए।

झारफुक गर्न आएका उनले किशोरीकी आमालाई फूल लिन पठाएको र भाइलाई पानी लिन पठाएर बालिकामाथि यौन दुव्र्यवहार गरेको सूचना आएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो। रफिगुललाई इप्रका बिर्तामोडमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।  रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर