खबर पूर्वाञ्चल
एन्फाले दुई नयाँ अनुहारलाई समेट्दै अनिल गुरुङको कप्तानीमा २३ सदस्यीय नेपालि टोलीको घोषणा आज गरेको हो । डिफेण्डरहरु दीपक गुरुङ र देवेन्द्र तामाङले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाएका हुन् ।
प्रमुख प्रशिक्षक ग्यातुकी कोजीको साथमा प्रशिक्षक राजुकाजी शाक्य र गोलरक्षक प्रशिक्षकका रूपमा उज्वल मानन्धर पनि मलेसिया जानेछन् । नेपाली टोली आगामी कात्तिक १४ गते मलेसिया प्रस्थान गर्नेछ एन्फाले जानकारी गराएको छ ।
एन्फाले प्रारम्भिक चरणमा बोलाएका ३० खेलाडीेबाट राष्ट्रिय टोली छनौट गरेको हो । प्रकाश बुढाथोकी र बिकास तामाङले चोटका कारण प्रशिक्षण गुमाएपछि २८ जना प्रारम्भिक प्रशिक्षणमा सहभागी थिए ।
प्रतियोगिताको समूह ए मा रहेको नेपालले समूहचरणको पहिलो खेलमा कात्तिक २० गते पूर्वी टिमोरसँग प्रतिस्पर्धा गर्नेछ । त्यस्तै दोस्रो खेलमा कात्तिक २३ गते ब्रुनाइसँग खेल्नेछ ।
सोलिडारिटी कपका लागि घोषणा गरिएको नेपाली टोलीका सदस्यहरुमा
गोलरक्षकः किरणकुमार लिम्बु, बिकेश कुथु र बिशाल श्रेष्ठ
डिफेण्डरहरुः बिराज महर्जन, रविन श्रेष्ठ, अनन्त तामाङ, दीपक गुरुङ, आदित्य चौधरी, कमल श्रेष्ठ, देवेन्द्र तामाङ र रञ्जित धिमाल
मिडफिल्डरहरुः बिक्रम लामा, बिशाल राई, सुजल श्रेष्ठ, हेमन गुरुङ, अञ्जन विष्ट र राजेन्द्र रावल
स्ट्राइकरहरुः अनिल गुरुङ, भरत खवास, बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, सुमन लामा र रञ्जन विष्ट छन् ।