animated ellipse animated ellipse

जोनडीयर ट्याक्टर बजारमा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

८ कार्तिक २०७३, सोमबार १८:३२
3
Shares

खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर, ८ कार्तिक /अत्याधुनिक उपकरण प्रयोग गरि बनेको ‘जोनडीयर’ कम्पनीको ५०३६ डी मोडलको नयाँ ट्याक्टर बजारमा आएको छ ।

विराटनगर–५ कञ्चनबारीमा रहेको बिबेक अटोमोवाईल्स प्रा.ली. विराटनगरमा सोमबार एक कार्यक्रम आयोजना गरि जोनडीयर ट्याक्टर बजारमा ल्याएको हो ।

ट्याक्टरको उद्घाटन नेकपा एमालेका नेता तथा पूर्व अर्थमन्त्री भरतमोहन अधिकारीले गरेको हो । हालै बजारमा आएको ट्याक्टर तराई र पहाडी बाटोहरुमा सजिलै गुडाउन सकिने बताईएको छ । अत्याधुनिक प्रविधि र उच्च हाईड्रोलीक क्षमताको ट्याक्टर बजारमा ल्याएको प्रालिका एसिसटन जेनरलमेन तारा बहादुर थापाले जानकारी दिए । यस ट्याक्टरको १३–६–२८ को टायर तथा मिटा रक साप्ट प्रयोग गरिएको छ ।

]ट्याक्टरमा तेलमा डुबेको डिस्क ब्रेक, पावर ईन्जिन, आयल स्प्रेजेट जस्ता अत्याधुनिक प्रविधि प्रयोग गरेको ट्याक्टरले उच्चतम माईलेज दिने कम्पनीले दाबी गरेको छ ।

१३ लाख ७५ हजार रुपैयाँ मूल्य पर्ने ट्याक्टरलाई कम्पनीले विशेष छुटमा विक्री गर्ने थापाले बताए । प्रालिले उद्घाटन गरिएको दिनदेखि एक हप्तासम्म ट्याक्टर खरिद गर्ने ग्राहकलाई २ लाख १५ हजार रुपैयाँ छुट दिने भएको छ । नगद खरिद गर्ने ग्राहकलाई तीन लाख रुपैयाँसम्म छुट दिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर