खबर पूर्वाञ्चल
अनिल श्रेष्ठ
विराटनगर, ६ कार्तिक / राष्ट्रपति विद्यादेवी भण्डारीले जेष्ठ नागरिकको सम्मानलाई नेपालको संविधानले मौलिक अधिकारको रुपमा राख्दै जिम्मेवार निती अविलम्बन गर्नुपर्ने बताएकी छिन् ।
मनमोहन प्रतिष्ठान नेपालले आज शनिबार विराटनगरमा आयोजना गरेको जेष्ठ नागरिक महोत्सव कार्यक्रमको उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन् । राष्ट्रपति भण्डारीले जेष्ठ नागरिकको सेवा सुविधाको लागि बनाएका संवैधानिक र कानुनि प्रावधानहरुलाई प्रभावकारी कार्यन्वयनमा लैजानुपर्ने बताइन ।
उनले सामाजिक कार्यको निमार्ण गरी बालवालिका र वृद्धाहरुलाई नैतिक जिम्मेवार गर्न प्रेरित गर्ने बताइन् । उनले राज्यले सामाजिक सुरक्षाको प्रतिभूत गर्ने बताइन । जेष्ठ नागरिकको लागि सार्वजानिक साधनदेखी घर, सार्वजानिक स्थलहरु जेष्ठ नागरिक मैत्री हुन जरुरी रहेको औल्याइन । उनले आफुलाई जन्म दिएको जेष्ठ नागरिकलाई वृद्धाआश्रममा राखिने प्रवृद्धी गलत भएको बताइन ।
राष्ट्रपपति भण्डारीले वृद्धालाई आश्रममा राख्ने प्रवृद्धीलाई निरुसाहित गनुपर्नेमा जोड दिइन । उनले शैक्षिक पाठयक्रममा पनि जेष्ठ नागरिक प्रति श्रदाभाब बढाउने सामाजिक विकास गराउँदै जानु अति आवश्यक रहेको बताइन । यस्तो कुराले सभ्य समाज निमार्ण गर्न उत्प्रेणा जाग्ने उनको भनाई थियो । जेष्ठ नागरिक प्रति सम्मान दर्शाउन शिक्षामा पनि समावेश गुरिनु पर्ने उननले बताइन ।
पाठ्य पुस्तकमा जेष्ठ नागरिकलाई सम्मान जनाउने सामाग्रीहरु प्रस्तुत गर्नु गर्न आग्रह गरिन । सकारात्मक सोच विकास गर्न मद्धत पुग्ने भएकाले शिक्षामा पनि जेष्ठ नागरिक सम्मानका विषय बस्तु समावेश गर्नु पर्ने उनको भनाई थियो । जीवनको लामो यात्रा पार गरेका जेष्ठ नागरिक अनुभवमा पूर्ण र विवेकमा समृद्ध भएका समाज र परिवारको आर्दश भएको जानकारी दिइन । जेष्ठ नागरिकको साकारात्मक अनुभवलाई सामाजको विकासमा प्रयोग गर्न सके मुलुकको समृद्धि हुने उनको विचार छ ।
जेष्ठ नागरिक समाजका सम्पती भएको बताउदै उनले समुदायको विकास र प्रगतिमा जेष्ठ नागरिकहरुको योगदान अतुलनिय रहेको स्मरण गरिन । संस्कृति मूल्य मान्यता र परम्पराहरुको जगेर्ण गर्न जेष्ठ नागरिकको सेवा गर्नु र वहाहरुबाट आर्शिवाद ग्रहण गर्नु संस्कृतिको अभिन्न अंगको रुपमा रहेको उनले बताइन । आधुनिकि करणका कारण संयुक्त परिवारहरु फुटदै जानु र समाजमा व्यक्तीवाद बढदै जानु जस्ता परिघटनाहरुले संस्कृतिमा रहेका परम्परा विलय हुदै गइरहेका उनको गुनासो छ ।
विश्वव्यापी रुपमा देखा परेका चुनौतीलाई ध्यानमा राख्दै संयूक्त राष्टसंघले जेष्ठ नागरिकहरुको अधिकारलाई अघि सारेको उनले बताइन । जेष्ठ नागरिकको सम्मानमा नेपालले महत्वपूर्ण नितिहरु अवलम्बन गर्दै आएको भण्डारीको भनाई छ ।
तत्कालिन प्रधानमन्त्री स्व.मनमोहन अधिकारीले जेष्ठ नागरिकको सम्मानका सुरु गरेको कार्यक्रममा दक्षिण एसियामै नमुना पहल कदमी भएको स्मरण गर्दै उनले जेष्ठ नागरिक प्रति राज्य, समाज र परिवारले सकारात्मक सम्मान गर्नु पर्ने आवश्यकता रहेको बताइन ।
महोत्सवममा एक नम्बर प्रदेशका १४ जिल्लाका ३ हजार सात सय वृद्धालाई एकै थलामा भेला पारि प्रतिष्ठानले सम्मान गरेको थियो । समारोहमा ७० वर्षभन्दा माथिका १ सय १६ वर्षसम्मका जेष्ठ नागरिकलाई सम्मान गरेको थियो । एक सय वर्ष भन्दा माथिको २२ जना जेष्ठ नागिरक रहेका थिए