खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
उर्लाबारी /झण्डै २५ महिना उर्लाबारी नगरपालिकामा कार्यकारी प्रमुख भएर बसेका सुवास श्रेष्ठलाई यतिबेला उर्लाबारीका विभिन्न संघ संस्थाले धमाधम बिदाई गरिरहेका छन् ।
सरकारी कर्मचारी, अझ स्थानीय निकायमा जनप्रतिनिधि नहुँदा नगर प्रमुखको समेत जिम्मेवारी सम्हालेका श्रेष्ठले उर्लाबारीको भविष्य निर्माणका लागि कुनै उ्रल्लेखनीय काम गर्न सकेनन । गरेका केही काम पनि विबाद रहित हुन सकेनन । यद्यपि विदाई गर्ने संस्थाले उनको ठूलै चाकरी बजाए ।
नगरपालिका ,खानेपानी,रेडक्रस,सञ्चार क्लव, उर्लाबारी उद्योग बाणिज्य संघ जस्ता संस्थाले उनको बिदाईमा ठूलै धनराशि खर्चे । मायाको चिनो मात्र होइन , भोजभतेर पनि लगाए । उर्लाबारी नगरपालिका घोषणा भएको २ महिना पछि जिम्मेवारी सम्हालेका श्रेष्ठले उर्लाबारी नगरपालिका भवन निर्माणको टेन्डरमा सबैलाई खुस बनाएर राम्रै कमिसन लिएको बताइ्रन्छ ।
उर्लाबारी नगरमा बसपार्क निर्माण देखि डम्पिङ साइटको जग्गा ब्यवस्थापन गर्दा सम्म श्रेष्ठले मोटो रकम कुम्ल्याएको नगरपालिका निकट स्रोत बताउँछ । स्रोतका अनुसार राउण्ड अवाउट निर्माण गर्दा श्रेष्ठ कै सिफारिसमा इन्जिनियरले उच्च अंकमा इष्टिकमेट गरेका थिए । तर ,पछि थोरै क्षेत्रफलमा राउण्ड रोवर्ट बनाएर भत्काएको बाँकी भाग त्यतिकै छोडिएको थियो । त्यसकार्यको जनस्तरबाट बिरोध भएपनि पछि सडकले नै मर्मत गरेको थियो ।
राउण्ड अबाउटको कारण दुर्घटनाको जोखिम समेत बढेको छ । अगाडीबाट आउने गाडी नदेख्दा समस्या हुने गरेको स्थानीय तेजनारायण राजबंशीले बताए ।
त्यति मात्र होइन,उर्लाबारी ६ चन्दनेको साविकको डम्पिङ साइड बक्राहाले बगाइपछि उनको एकल पहलमा नगरपालिकाको उर्लाबारी ३ स्थित मावा किनारको जग्गामा डम्पिङ साइट सारिएको थियो ।फोहोर ब्यवस्थापनको जिम्मा पाएको संस्थाले अन्यत्रै फोहोर फाल्ने ब्यवस्था मिलाउने प्रस्ताव समेत श्रेष्ठले अस्वीकार गरेका थिए । स्रोत भन्छ–ठेकदार कम्पनीसँग लेनदेनमा कारोवार नमिले पछि श्रेष्ठले उर्लाबारी ३ मा फोहोर डम्पिङगर्ने ब्यवस्था मिलाएका थिए ।
उर्लाबारी ३ मै बसपार्क लैजाने विषयमा राजनीतिक दल बीच कुरा नमिलीरहेका बेला श्रेष्ठले एकाएक सबैलाई खुस बनाएका थिए