खबर पूर्वाञ्चल
खबर पूर्वाञ्चल सम्वाददाता
विराटनगर कार्तिक ४ विराटनगरमा संचालन भइरहेको मझौला शहरको एकिकृत वाताबरणिय विकास परियोजना को ५८ प्रतिशत काम सम्पन्न भएको छ ।
हालै सरुवा भएर आएका विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइरालाले आज विराटनगरमा पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा सडक तथा ढल निर्माणको कुल कामको ५८ प्रतिशत भौतिक काम सम्पन्न भएको जानकारी दिए ।
उहाँले परियोजना अन्तरगत आर्थिक तर्फ भने ६० प्रतिशत प्रगति भएको बताएका छन् । उहाँले अहिले संचालन भइरहेका विकासका कामहरुलाई निरन्तरता दिदै फोहोर ब्यवस्थापन, बसपार्क निर्माण, करको विवाद ब्यवस्थापनमा ध्यान दिने बताए ।
कार्यकारी अधिकृत कोइरालाले कर्मचारीमा देखिएको कामको ढिलासुस्ती, नियमीत उपस्थिती नहुने कुराहरुलाई पनि नियन्त्रण गर्ने प्रतिबद्धता जनाएका छन् ।