animated ellipse animated ellipse

विराट हस्पिटलमा शल्यक्रिया निशुल्क

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ कार्तिक २०७३, बिहीबार १७:३६
3
Shares

विराटनगर/ विराट मेडिक कलेज टिचिङ हस्पिटलले चिरेर गर्ने सम्पूर्ण शल्यक्रिया निशुल्क गरेको छ ।

दशै तिहार तथा छठको उपलक्ष्यमा कार्तिक २ गते देखि २५ गते सम्म चिरेर गर्ने सम्पूर्ण शल्यक्रिया निःशुल्क गरेको हो । बिहिवार पत्रकार सम्मेलन गरी मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्कीले सिमित अवधीकालागि चिरेर गर्ने शल्यक्रिया निशुल्क गरेको जानकारी दिए ।

विराट मेडिकल कलेजले पूर्वाञ्चलमा सस्तो र सर्वशुलव रुपमा उपचार सेवा प्रदान गरेको बताउदै उनले मेजर इन्टरमिडिएट र माइनर अप्रेशनकालागि दर्ता शुल्क मात्र लाग्ने जानकारी दिए ।

उनका अनुसार आवश्यक पर्ने जाच र औषधीमा लाग्ने खर्च विरामी आफैले व्यहोर्नु पर्ने बताए ।

दुई बर्ष देखि सञ्चालनमा आएको कलेजले एकसय १० बेडेको अस्पताल सञ्चालन गर्दै आएको छ । अस्पतालले अत्याधुनिक मेसिनबाट गुणस्तरीय सेवा प्रदान गर्ने कार्कीले जानकारी दिए । अस्पतालले ओपिडि, वनरल वार्ड, अत्याधुनिक सुविधा सम्पन्न आइसीयू/एनआइसियू अप्रेशन थिएटरलगायत सेवा सञ्चालनमा रहेको बताए ।

कार्कीले अस्पतालले दिने सेवा सुविधा अन्य अस्पतालको तुलनामा अत्यन्तै न्यून शुल्क रहेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर