विराटनगर, ५ जेठ / विराटनगरमा रहेको न्यूरो कार्डियो एण्ड मल्टिपेसियलिटी हस्पिटलमा न्यूरो सर्जरी सम्बन्धि एक लाख रुपैयाँसम्म विरामीले छुट पाउने ‘नागरिक औषधि उपचार कोर्ष’ सञ्चालनमा आएको छ ।
नेपाल सरकारसँगको साझेदारिमा ‘नागरिक औषधी उपचार कोर्ष’ अन्तर्गत न्यूरो सर्जरी तथा स्पाइनल (मेरुदण्ड) को सर्जरीमा आर्थिक विपन्न सामुदायिका विरामीले छुट पाउने सेवा सञ्चालनमा ल्याएको हो ।
न्यूरोले हस्पिटल परिसरमा आज पत्रकार सम्मेलन गरि नेपाल सरकार स्वास्थ्य मन्त्रालय सिफारिस लिएर सेवा सञ्चालनमा ल्याएको हस्पिटलको अपरेशनल डाइरेक्टर राजेश भट्टराईले जानकारी दिए । एक लाख रुपैयाँसम्म छुटको सेवा लिनको लागि बिरामीले जिल्ला प्रसाशन कार्याल, नगरपालिका, गाउँपालिका तथा जनस्वास्थ्य कार्यालयबाट विपन्न नागरिकको सिफारिस ल्याए यो सेवा लिन सक्ने हस्पिटलले जनाएको छ ।
यसअघि विराटनगरमा रहेको नोबेल मेडिकल कलेज र गोल्डेन हस्पिटललमा यो सेवा सञ्चालनमा आइसकेको छ ।
पूर्वाञ्चलमै पहिलो पटक न्यूरो सर्जनरी सेवा सुरु गरेको न्यूरो हस्पिटलमा गुणस्तरीय तथा भरपर्दो सेवा प्रदान गरि बिरामीको मन जित्न सफल भएको हस्पिटलको संस्थापक तथा प्रबन्ध निर्देशक डा. वीरेन्द्र कुमार विष्टले बताए । उनले भने, ‘आगमी दिनमा पनि यसलाई निरन्तरता दिनेछु ।’ विपन्न सामुदायको लागि ल्याएको नागरिक उपचार कोर्षले विरामीलाई राहत मिल्ने उनले बताए ।
न्यूरो हस्पिटलले पत्रकारहरुको लागि विभिन्न सेवा निःशुल्क र केहीमा छुट दिने घोषणा गरेको छ । हस्पिटलले नेपाल पत्रकार महासंघ मोरङ शाखासँग सम्जौता पत्रमा हस्ताक्षर गरि चाँडै सेवा प्रदान गर्ने अपरेशनल निर्देशक भट्टराईले जानकारी दिए । उनका अनुसार पत्रकार र पत्रकारको आश्रीत परिवारलाई हस्पिटलबाट प्रदान हुने सम्पूर्ण ओपिडि सेवा निःशुल्क हुने बताए । त्यस्तै पत्रकारको लागि प्याथालोजि, भिडियो एक्स रे, फिजियोथेरापी, पिजिओलगायतको सेवा निःशुल्क हुनेछ भने इन्डोसकपी, एमआरआई तथा सबै प्रकारको शल्यक्रियामा ५० प्रतिशत छुट दिने हस्पिटलले जनाएको छ ।
न्यूरो हस्पिटलमा न्यूरोलोजी, न्यूरो सर्जरी, मुटु रोग, हाडजोर्नी, नाक, कान, घाँटी, छाला रोग, दत्तलगायतको सम्पूर्ण सेवा सञ्चालनमा रहेको बताइएको छ ।