AArya
RUMPUM
animated ellipse animated ellipse

नमुना मतदानको आयोजना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

५ जेष्ठ २०७४, शुक्रबार १८:१७
3
Shares
विराटनगर, ५ जेठ जेठ– ३१ गते हुन लागेको दोश्रो चरणको स्थानिय तहको निर्वाचनलाई लक्षित गर्दै क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले आज विराटनगरमा नमुना मतदानको आयोजना गरेको छ ।
मतदाता शिक्षा कार्यक्रम अन्तर्गत मत पत्रमा कसरी मत खसाल्ने, पट्टयाउने लगायतका विषयमा जानकारी गराउन नमुना मतदानको आयोजना गरिएको क्षेत्रीय प्रमुख प्रेम सञ्जेलले जानकारी दिए । पहिलो चरणमा भएको निर्वाचनमा धेरै मत वद्दर भएपछि क्षेत्रिय निर्वाचन कार्यालय विराटनगरले मतदातालाई मतहाल्ने प्रक्रियाका वारेमा जानकारी दिन नमुना मतदानको आयोजना गरेको हो ।
नमुना मतदान कार्यक्रममा सहभागीहरुलाई कार्यालयका कर्मचारीहरुले मतदातालाई मत हाल्ने प्रकृया ,स्वस्तिक चिन्हको प्रयोग र मतपत्र मोडने विधिका वारेमा जानकारी गराएका थिए । पहिलो चरणको स्थानीय निकायको निर्वाचनमा मतदाता शिक्षा कार्यक्रम प्रभावकारी नभएपछि काठमाडौ क्षेत्रमा समेत कुल मत मध्ये गणना भएको मतको सात प्रतिशत मत वदर भएको सार्वजनिक भएको छ ।
नमुना मतदान कार्यक्रममा विराटनगरका मतदाताहरुको उत्साहजनक सहभागीता रहेको थियो । पहिलो चरणमा तीन प्रदेशमा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ । दोस्रो चरण अन्तर्गत चार प्रदेशमा जेठ ३१ गते स्थानीय तहको चुनावको मिति तय भएसंगै निर्वाचन कार्यालय आजबाट मोरङ जिल्लामा सक्रिय रुपमा अगाडि बढाउने कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर