विराटनगर, २३ वैशाख / शिक्षकको पेशागत विकास गराउने दुई दिने तालिम शनिबार सम्पन्न भएको छ ।
विराटनगरमा रहेको मोर्डन एरा, मोरङ पब्लिक र लर्डबुद्ध स्कूलले संयुक्त आयोजनामा तालिम भएको थियो ।
शिक्षकलाई अध्यापन गराउँदा नयाँ प्रविधि, वैज्ञानिक, समय सापेक्षी विद्यीलाई अविलम्बन गर्दै सिप र क्षमताको अभिवृद्धी गर्ने उद्देश्यले गोष्ठीको आयोजना गरेको हो । तालिममा तीन स्कूलका ६० जना शिक्षकहरुको सहभागिता रहेको थियो । समय सापेक्षा शिक्षा प्रदान गर्नको लागि शिक्षको विकास नगरि विद्यार्थीको विकास नहुने भएको समयसापेक्षा गुणस्तरीय शिक्षा प्रदान गर्न यस्तो गोष्ठि आयोजना गरिएको मोर्डन एराका पूर्व प्रिन्सिपल गोविन्द निरौलाले बताए । काठमाण्डौ विश्व विद्यालयका प्रोफेसर डा. लक्ष्मण ज्ञावलीले शिक्षकहरुलाई टे«निङ्ग दिए ।
तालिममा सहभागि हुनुभएका शिक्षहरुलाई डा. ज्ञावली, मोर्डन एरा संस्थापक निर्देशक इन्द्र राई, लर्डबुद्ध स्कूलका प्रिन्सिपल सि.एम. श्रेष्ठ र मोरङ पब्लिक स्कूलका प्रिन्सिपल नगेन्द्रप्रसाद ढकालले प्रमाण पत्र वितरण गरेका थिए । तालिममा शिक्षकहरुलाई अहिलेको फिल्पट् क्लास रुम विद्यी, मुक र परियोजनामा आधरित सिकाईको बारेमा जानकारी गराएको थियो ।