RUMPUM
animated ellipse animated ellipse

दुई महिना हराएका बालक दार्जिलिङमा भेटिए

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ बैशाख २०७४, आईतवार १९:१२
3
Shares
बिराटनगर, १७ बैशाख / दूई महिना देखि हराएका बालक भारतको सिलगुडीमा फेला परेरछन् । सिलगुडीमा भेटिएका उनलाई जिल्ला बाल कल्यणण समितिले उद्धार गरेको छ ।
मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ दहिधापका १० बर्षिय बालक भारतको दार्जिलिङ जिल्लाबाट हराएका थिए । हराएका बालकको सिलगुडि स्थित चाईल्डलाईन र बालकल्याण समितिले उद्धार गरेको हो ।
दिदिको घर गएका बालक रेलमा यात्रा गर्ने क्रममा बेपत्ता थिए । बालक फेला परेपश्चात परिवारलाई खवर गरेता पनि आवश्यक कागजातको अभावमा परिवारलाई जिम्मा लगाउन अप्ठेरो भएको थियो ।
सोही कारण जिल्ला बालकल्याण समिति मोरङको पहलमा शनिवार सिलगुडी स्थित बालकल्याण गृहले परिवारलाई जिम्मा लगाएको केन्द्रिय बालकल्याण समितिका बालअधिकार स्रोतव्यक्ति सुमन अधिकारीले जानकारी दिए । उनका अनुसार बाल हेल्पलाईन विराटनगरका बासु अधिकारी तथा प्रकाश पौडेल सहितको टोली सिलगुडी स्थित बालकल्याण समितिमा पुगेको थियो ।
नेपाली टोलीले दार्जिलिङका पदाधिकारीहरुसँग भेट गरी आवश्यक प्रक्रिया पुरा भएपछि बालकलाई नेपाल ल्याएर परिवारको जिम्मा लगाउन सफल भएको अधिकारीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर