पूर्वाञ्चल खबर
स्थानीयले आज बिहान खोलामा शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै सुनसरी प्रहरी प्रमुख एसपी पुष्पराज मल्लसहितको टोली घटनास्थल पुगेको थियो।
मृतक भारतको उत्तर प्रदेशस्थित वाराणसी (बनारस) घर भएका लालजीप्रसाद गुप्ता रहेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी चन्द्रबहादुर खड्काले जानकारी दिए।
गुप्ता पछिल्लो ४० वर्षभन्दा बढी समयदेखि नेपालमा बस्दै आएका थिए। उनले विराटनगर महानगरपालिका–६ महावीर रोडमा ‘लाल ब्याट्री पसल’ सञ्चालन गर्दै ब्याट्रीको कारोबार गर्दै आएका थिए। उनी विराटनगरमै बसोबास गर्दै आएको प्रहरीले जनाएको छ। घटनाको कारण र अन्य पक्षबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।