RUMPUM
animated ellipse animated ellipse

२० करोडको कारोबार गर्दै सकियो विराट ट्रेड फेयर

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० आश्विन २०८३, शुक्रबार १७:४१
3
Shares
विराटनगर /विराटनगरमा असोज २२ गतेदेखि सञ्चालन भएको विराट ट्रेड फेयर सम्पन्न भएको छ।

आज सम्पन्न भएको मेलामा करिब २० करोड रुपैयाँको कारोबार भएको र एक लाख जनाले अवलोकन गरेको आयोजकले जनाएको छ।

समापन कार्यक्रममा  नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका अध्यक्ष राजेन्द्र राउतले बजार माग घटिरहेको र उत्पादनमा समेत कमी आएको अवस्थामा फेयर सफल हुनु सकारात्मक भएको बताए । उनले मेलाले व्यापार व्यवसायलाई टेवा पुर्‍याएको उल्लेख गर्दै आगामी दिनमा कमजोरी सुधार गरेर अघि बढ्न आयोजकलाई सुझाव दिए ।

हरेक दशैमा विराट व्यापार संघले आयोजना गर्ने मेला भन्ने पहिचान स्थापित गर्नुपर्नेमा जोड दिँदै राउतले यस्ता कार्यक्रमले बजारलाई चलायमान बनाउन सहयोग पुग्ने बताए।

विराट व्यापार संघका अध्यक्ष प्रमोद अग्रवालले विराटनगरको बजार विगतको तुलनामा सुधार हुँदै गएको बताए। नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष पवन सारडाले फेयर राम्रो भएको उल्लेख गर्दै यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

फेयरमा कुल फेयर संयोजक श्यामप्रसाद पौडेल (भवेश) ले विराट ट्रेड फेयर व्यापार मेलामा मात्र सीमित नभई साना तथा मझौला व्यवसायलाई समेत चलायमान बनाउन सफल भएको बताए। उनले आगामी दिनमा पनि अझ उत्कृष्ट मेला आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।

ट्रेड फेयरमा १३० स्टल राखिएका थिए। तीमध्ये करिब १०० वटा व्यावसायिक स्टल थिए भने बाँकी ३० वटा स्टलमा खाद्य संस्थान, दुग्ध विकास संस्थान (डीडीसी), जिल्ला प्रहरी कार्यालय मोरङलगायतका संस्थाले आफ्ना सेवा तथा गतिविधि प्रस्तुत गरेका थिए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर