AArya
RUMPUM
animated ellipse animated ellipse

‘हिमालय ट्यालेन्ट हन्ट’को उपाधि अनुलाई

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० बैशाख २०७४, आईतवार १७:४३
3
Shares
विराटनगर, १० वैशाख / विराटनगरमा रहेको हिमालय दर्शन कलेजले आयोजना गरेको ‘हिमालय ट्यालेन्ट हन्ट’ अनु वस्ती भएकी छिन् । उनले १२ जना प्रतिस्पर्धीलाई पछि पार्दै आफ्नो उत्कृष्ट राष्ट्रिय झल्किने कविता प्रस्तुत गरेर हिमालय ट्यालेन्ट हन्टको उपाधि जितेकी हुन् ।
कलेज परिसरमा सम्पन्न भएको प्रतियोगिताको फस्ट रनरअप ‘हेन्ट सेभन ग्रुप’ घोषित भयो । सेभन ग्रुपले नाटक मन्चन गरेका थिए । सो ग्रुपमा सविन कोइराला, नवराज धिताल, निश्चल सापकोटा, सरु वस्ती, वर्षा खत्री, उत्सव ढकाल, प्रज्जवल खतिविडाको समूह रहेको थियो । सेकेण्ड रनरअप ‘स्लान्स ग्रुप’ भएको छ । स्लान्स ग्रुपले फेशन शो प्रस्तुत गरेका थिए । सो ग्रुपमा समिक्षा खड्का, सृजना लिम्बु, आकृति भट्टराई र लक्ष्मण दाहाल रहेका छन् ।
कलेजमा अध्ययरत विद्यार्थीहरुको बहुप्रतिभाको खोजी गर्ने उद्देश्यले यस वर्षदेखी यस्तो प्रतियोगिता आयोजना गरिएको कलेज प्रमुख भरत सापकोटाले जानकारी दिए । प्रतियोगिताको निर्णायकहरुमा अभिनेता जतिन ताम्राकार, गायक ज्योती सुब्बा, साहित्यकार मिनकुमार नवोदीत, नाटककार उद्धव सापकोटा, नृत्य निर्देशक ओम बस्नेत रहेका थिए ।
कलेजले शनिबारनै कलेज परिसरमा कलेज महोत्सव समेत आयोजना गरेको थियो । महोत्सवमा ८ वटा स्टल रहेको कलेजले जनाएको छ । त्यस्तै कलेजले खेलकुदमा उत्कृष्ट हुने र त्रिभूवन विश्व विद्यालयले लिएको परीक्षामा उत्कृष्ट नतिजा ल्याउने २५ जना विद्यार्थीलाई समेत सम्मान गरेको थियो ।
सम्मानित हुने विद्यार्थीहरुलाई पूर्वाञ्चल विश्व विद्यालय सेवा आयोगका अध्यक्ष बद्री श्रेष्ठ, कलेजका अध्यक्ष भेषराज शर्मा, कलेजका निर्देशक शैलेन्द्र शिवाकोटी, कलेज कयाम्पस प्रमुख भरत सापकोटालगायतले पुरस्कार वितरण गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर