AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरमा भएको कांग्रेस वडा अधिवेशन्मा दुई पक्षबीच कुटाकुट

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

९ आश्विन २०८३, शुक्रबार १७:३०
3
Shares
विराटनगर/नेपाली काँग्रेको जारी १५ औं महाधिवेशन अन्तर्गत विराटनगरमा भएको नेपाली कांग्रेसको वडा अधिवेशनका क्रममा दुई पक्षबीच कुटाकुट भएको छ ।

विराटनगर महानगरपालिका–६ को वडा अधिवेशनका क्रममा आज दिउँसो दुई पक्षबीच कुटाकुट भएको हो । कुटपिटमा संलग्न एक जनालाई प्रहरीले केही बेर नियन्त्रणमा लिएको थियो । पक्राउ पर्नेमा मुस्लिम कोटाका क्षेत्रिय प्रतिनिधिका उम्मेदवार विराटनगर – ६ का इरसाद अहमद रहेका छन् ।

भलबद्र सेवा समिति केसलियाको सभाहलमा मतदान भइरहेका बेला क्रममा विवाद भएको थियो । विवादका कारण केही समय रोकिएको मतदान प्रक्रिया पुन सुरु भएको छ ।

वडाको नेतृत्वका लागि राम ढकाल र प्रकाश मण्डल भोला प्यानल बनाएर चुनावी प्रतिस्पर्धामा छन् ।

यता नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर ६ का कार्यवहाक सभापति चुमनारायण तवदारले वडा अधिवेशन शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको दाबी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर