पूर्वाञ्चल खबर
विराटनगर महानगरपालिका ४ इक्राही नहरस्थित धान खेतमा सेतो प्लास्टिकको बोराभित्र राखिएको अवस्थामा नवजात शिशु (छोरा) फेला परेको हो।जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार शनिबार बिहान करिब ९ः४० बजे स्थानीयवासीले धान खेतबाट बच्चा रोएको आवाज सुनेपछि प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै प्रहरी चौकी बरगाछीबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।
स्थानीयवासीको सहयोगमा प्रहरीले बोराभित्र रहेका नवजात शिशुको उद्धार गरी उपचारका लागि नोबेल अस्पताल विराटनगर ल्याएको छ । अस्पतालमा उपचाररत शिशुको अवस्था हाल सामान्य तथा स्वस्थ रहेको जिल्ला प्रहरी कार्यलयले जनाएको छ।