AArya
RUMPUM
animated ellipse animated ellipse

कृष्ण लाईफले विराटनगरमा श्रीकृष्ण जन्माष्टमी मनाउदै

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ भाद्र २०८३, बिहीबार १८:५४
3
Shares
विराटनगर / कृष्ण लाईफले आगामी भाद्र १९ गते विराटनगरमा भव्य समारोह आयोजना गरी श्रीकृष्ण जन्माष्टमी मनाउने तयारी थालेको छ ।

आज कृष्ण लाईफले पत्रकार सम्मेलनमार्फत जन्माष्टमीका सम्पूर्ण कार्यक्रम विराटनगर–९ स्थित सिटी प्यालेस होटल एण्ड रिसोर्टमा आयोजना हुने जानकारी दिएको हो । कार्यक्रम बिहान ७ः३० बजेदेखि राति १२ बजेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ ।

कृष्ण लाईफ विराटनगरका अध्यक्ष विद्यासागर दासका अनुसार कार्यक्रममा ४५ हजारभन्दा बढी भक्तजन सहभागी हुने अपेक्षा गरिएको छ । भक्तजनका लागि २० देखि २५ हजार जनालाई प्रसाद वितरण गर्ने तयारीसमेत गरिएको उनले बताए ।

कार्यक्रम सम्पन्न गर्न १० देखि १५ लाख रुपैयाँभन्दा खर्च हुने अनुमान गरिएको छ । सो खर्च व्यवस्थापनका लागि कृष्ण लाईफका सदस्य तथा विराटनगरका विभिन्न घरपरिवारबाट सहयोग रकम संकलन भइरहेको अध्यक्ष दासले जानकारी दिए ।

कार्यक्रममा कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ, सभामुख अम्बरबहादुर विष्ट, प्रदेश सरकारका मन्त्रीहरू, विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रहरी प्रशासनका उच्च पदाधिकारी तथा भारतका वरिष्ठ प्रचारक गौर दासलगायतलाई निमन्त्रणा गरिएको कृष्ण लाईफका प्रचारक सिद्ध स्वरूप दासले बताए ।
२०८२ सालमा दर्ता भएको कृष्ण लाईफले सनातन धर्मको संरक्षण तथा प्रवर्द्धनका लागि विभिन्न आध्यात्मिक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । संस्थाको कार्यालय विराटनगर महानगरपालिका–१०, ट्राफिक चोकस्थित होटल नमस्कार गल्लीमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर