AArya
RUMPUM
animated ellipse animated ellipse

मुख्यमन्त्री कार्कीलाई राजीनामा दिन सचिव राईको आग्रह

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ श्रावण २०८३, आईतवार १४:४४
90
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई राजीनामा दिन एमालेले निर्देशन दिएको छ ।

एमाले कोशी प्रदेशका इन्चार्जसमेत रहेका केन्द्रीय सचिव शेरधन राईले शनिबार कार्कीसँग भेट गरेर राजीनामा दिन आग्रह गरेका हुन् ।

यसअघि उपाध्यक्ष विष्णुप्रसाद पौडेल र महासचिव शंकर पोखरेलसँगको छलफलमा अध्यक्ष केपी शर्मा ओली मुख्यमन्त्री कार्कीलाई नै निरन्तरता दिन सहमत भएको बताइए पनि पछिल्लो समय पार्टी नेतृत्व मुख्यमन्त्री फेर्ने पक्षमा उभिएको स्रोतको दाबी छ ।

स्रोतका अनुसार अध्यक्ष ओलीले कोशी प्रदेश इन्चार्ज एवं पार्टी सचिव राईलाई यस विषयमा समन्वय गर्ने जिम्मेवारी दिएका छन् । सोही क्रममा दुई दिनदेखि विराटनगरमा रहेका राईले मुख्यमन्त्री कार्कीसँग भेट गरी पार्टी नेतृत्वको चाहनाबारे जानकारी गराएका थिए । छलफलका क्रममा राईले पदबाट मार्गप्रशस्त गर्न आग्रह गरे पनि मुख्यमन्त्री कार्कीले भने तत्काल राजीनामा नदिने अडान राखेका छन् ।

नेपालको संविधानको धारा १६८ (५) बमोजिम मुख्यमन्त्री बनेका कार्कीले यो उपधारा सरकार गठनको अन्तिम संवैधानिक विकल्प भएकाले राजीनामा दिँदा प्रदेशमा संवैधानिक संकट आउन सक्ने तर्क गर्दै आएका छन् । साथै यस्ता विषयमा पार्टीको सचिवालय बैठकबाटै औपचारिक निर्णय हुनुपर्ने उनको भनाइ छ ।

पार्टीभित्रको आन्तरिक समीकरण र शक्ति सन्तुलनका कारण सिर्जित यो परिस्थितिमा राजनीतिक स्थायित्व र संवैधानिक जटिलतालाई ध्यानमा राखेर हालका मुख्यमन्त्रीहरूलाई नचलाउने पक्षमा केही शीर्ष नेताहरू उभिएका थिए । तर, पछिल्ला घटनाक्रमले कोशी प्रदेशको सत्ता समीकरण र एमालेको आन्तरिक राजनीतिलाई थप पेचिलो बनाएको छ ।

मुख्यमन्त्री कार्कीले राजीनामा नदिएमा अगाडि बढ्ने विकल्प र संसदीय दलभित्रको अंकगणितबारे समेत शीर्ष तहमा छलफल भइरहेको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर