पूर्वाञ्चल खबर
अर्जेन्टिनाले आज विहान मियामी स्टेडियममा भएको राउण्ड अफ ३२ मा केप भर्डेविरुद्ध संघर्षपूर्ण जित ३-२ को गोल अन्तरुले जित निकाल्दै अन्तिम १६ को भिडन्त सुरक्षित गरेको छ ।दोस्रोपटक बराबरी गोल फर्काएको केप भर्डे आत्मघाती गोलका कारण पराजित हुन पुग्यो ।
२९औं मिनेटका कप्तान लियोनल मेसीले गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर, ५९औं मिनेटमाडेरोय डुआर्टेले गोल गर्दै केप भर्डेलाई बराबरीमा फर्काएका थिए । मेसीको जारी विश्वकपमा सातौँ गोल गरे भने विश्वकपमा गोल संख्या २० पुुर्याए ।
निर्धारित ९० मिनेटको समयमा कुनै टोलीले गोल गर्ननसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९२ औँ मिनेटमा लिसान्द्रो मार्टिनेजले गोल गर्दै टोलीलाई २-१ को अग्रता दिलाए । १०३ मिनेटमा सिड्ने लोपस क्याब्रेलले गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।
१११ औँ मिनेटमा केपभर्डेका डिनी बोर्गसबाट आत्मघाति गोल हुँदा नतिजा अर्जेन्टिनाको पक्षमा पुग्यो । अर्जेन्टिनाले खेल ३-२ ले जित्यो । अन्तिम १६ मा अर्जेन्टिनाले इजिप्टको सामना गर्नेछ ।