AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरका उद्योगी नविन रिजाल उद्योग वाणिज्य महासंघको व्यापार समिति सभापतिमा मनोनित

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ असार २०८३, बिहीबार ०८:३१
3
Shares
विराटनगर / विराटनगरका उद्योगी तथा मोरङ उद्योग व्यापार संघका पूर्वअध्यक्ष नविन रिजाललाई नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) परिषद्, केन्द्रको व्यापार समितिको सभापतिमा मनोनित गरेको छ ।

महासंघको सोमबार बसेको दोस्रो कार्यकारिणी समितिको बैठकले अध्यक्ष अन्जन श्रेष्ठको प्रस्तावमा रिजाललाई व्यापार क्षेत्रको नेतृत्व गर्ने जिम्मेवारी प्रदान गरेको हो । निजी क्षेत्रको व्यापार प्रवर्द्धन, नीतिगत सुधार तथा उद्यमी व्यवसायीका मुद्दालाई प्रभावकारी रूपमा उठाउँदै आएका रिजालको मनोनयनलाई महासंघभित्र महत्त्वपूर्ण जिम्मेवारीका रूपमा हेरिएको छ ।

विराटनगरको औद्योगिक तथा व्यावसायिक क्षेत्रसँग लामो समयदेखि आबद्ध रिजाल मोरङ उद्योग व्यापार संघको नेतृत्व सम्हालिसकेका अनुभवी व्यवसायी हुन् । व्यापार तथा उद्योग क्षेत्रका चुनौती समाधान, लगानीमैत्री वातावरण निर्माण र निजी क्षेत्रको आवाजलाई सशक्त रूपमा अघि बढाउन उनको अनुभव उपयोगी हुने अपेक्षा महासंघले गरेको छ ।

निजी क्षेत्रका विविध एजेन्डालाई नीतिगत तहमा प्रभावकारी रूपमा उठाउने अपेक्षासहित महासंघले गठन गरेको नयाँ नेतृत्व टोलीमा व्यापार समितिको सभापतिका रूपमा नविन रिजालको भूमिका विशेष चासोका साथ हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर