पूर्वाञ्चल खबर
इन्सेक कोशी प्रदेश कार्यालय विराटनगरले इन्सेक सङ्खुवासभा प्रतिनिधि भविन कार्कीमार्फत पीडितलाई न्यायिक प्रक्रियामा जान र पीडितको स्वास्थ्य उपचारका लागि पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको हो ।
घटनापछि पीडित बालिकालाई सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्द्रमा राखिएको र आवास गृहकी व्यवस्थापक पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आज आर्थिक सहयोग गरिएको इन्सेक प्रतिनिधि भविन कार्कीले बताए।
पीडित बालिकाको परिवारको आर्थिक अवस्था कमजोर भएको र कानुनी प्रक्रियाका लागि इन्सेकलाई निवेदन दिएपछि इन्सेकले आर्थिक सहयोग प्रदान गरेको सुरक्षित आवासगृह तथा पुनः स्थापना केन्दकी व्यवस्थापक तुलसी घिमिरेले बताए।
जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक धनबहादुर राजवंशीको उपस्थितीमा इन्सेकले पीडित बालिकाको उपचार तथा कानुनी प्रक्रियाका लागि आर्थिक सहयोग प्रदान गरेको हो ।
पीडित बालिकालाई जिल्ला अस्पताल सङ्खुवासभामा उपचार पश्चात अहिले सुरक्षित आवासगृह तथा पुनस्र्थापना केन्द्रमा राखिएको छ । आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएपछि पीडित पक्षले सहयोगका लागि इन्सेकलाई आग्रह गरेको थियो । उपचारका लागि जिल्ला अस्पतालमा भर्ना भएकी पीडित बालिकाको शरीरमा चोट र निलडाम भएको जिल्ला अस्पतालका डाक्टर प्रणव जैरूले बताए ।
पीडित बालिकालाई गत जेठ ७ गते बलात्कार गरेको आरोपमा प्रहरीले पाँचखपन नगरपालिका–३ का ३० वर्षीय अरुण राईलाई जेठ २० गते गिरफ्तार गरेको थियो ।
इन्सेकको सहयोगपछि पीडित पक्षलाई कानुनी प्रक्रियामा सहयोग पुगेको छ । पीडित पक्षले बलात्कार घटनाका आरोपित राईविरूद्ध जेठ १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण जेठ १८ गते जिल्ला अस्पतालमा गरिएको छ ।