AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

प्रधानमन्त्रीदेखि मन्त्री र सांसद सबैको मापसे र लापसे परीक्षण अनिवार्य गर्नुपर्ने माग गर्दै हर्क साम्पाङ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१५ चैत्र २०८२, आईतवार ०८:०४
54
Shares
विराटनगर / श्रम संस्कृति पार्टीका अध्यक्ष एवं प्रतिनिधिसभा सदस्य हर्क साम्पाङ (हर्कराज राई)ले सरकारका उच्च पदाधिकारीहरूको जीवनशैली, उत्तरदायित्व र भदौको घटनाक्रमलाई जोड्दै दुईवटा फरक तर आपसमा सम्बन्धित विषयमा कडा धारणा सार्वजनिक गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले प्रधानमन्त्रीदेखि मन्त्री र सांसदसम्मका सबै सार्वजनिक पदाधिकारीहरूको दैनिक रूपमा मादक पदार्थ (मापसे) र लागु पदार्थ सेवन (लापसे) परीक्षण अनिवार्य गर्नुपर्ने माग गरेका छन् । उनको यो मागले राजनीतिक वृत्तमा नयाँ तरंग सिर्जना गरेको छ ।

दैनिक रूपमा मापसे र लापसे परीक्षण कार्यान्वयन गर्ने विषय कानुनी र प्राविधिक दृष्टिले जटिल छ । नेपालमा हालसम्म सार्वजनिक पदाधिकारीहरूका लागि यस्तो अनिवार्य परीक्षणको व्यवस्था छैन । तर, सवारी चालकका लागि मापसे परीक्षण अनिवार्य गरिएको अभ्यासलाई उदाहरणका रूपमा लिँदै उच्च पदाधिकारीहरूका लागि पनि न्यूनतम स्तरको निगरानी आवश्यक हुनसक्ने बहस भने जन्माएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर