पूर्वाञ्चल खबर
विद्यालय परिसरमा आयोजित उक्त कार्यक्रममा विविध सांस्कृतिक तथा शैक्षिक कार्यक्रमहरू प्रस्तुत गरिएको थियो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवलकिशोर खनालको अध्यक्षता तथा संविधानसभा सदस्य चण्डीप्रसाद राईको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।
कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष भीमकुमार राई, पथरी शनिश्चरे नगरपालिकाका पूर्व मेयर दिलीपकुमार राई, शिक्षक महासङ्घ पथरी शनिश्चरेका अध्यक्ष तथा पञ्चायत माध्यमिक विद्यालयका प्रधानाध्यापक अर्जुनकुमार बुढाथोकी, शिक्षक अभिभावक सङ्घका अध्यक्ष हेमबहादुर श्रेष्ठ, सदस्यहरू कला मगर र जेनिसा बस्नेत लगायतको उपस्थिति रहेको थियो।
सो अवसरमा विद्यालयका भूतपूर्व प्रिन्सिपलहरू गणेश बिष्ट, दिनेश बराल र भूमिप्रसाद पाठकलाई दोसल्ला ओढाएर प्रमाणपत्रसहित सम्मान गरिएको थियो। साथै, शैक्षिक सत्र २०५८ सालको एसएलसी ब्याचका विद्यार्थीहरूलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खनालले विद्यालयको प्रगति प्रतिवेदन तथा भावी कार्ययोजना प्रस्तुत गरे।
विद्यार्थीहरूले गायन, नृत्य, नाटक लगायत विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरी अभिभावक तथा दर्शकहरूलाई मन्त्रमुग्ध बनाएका थिए।
सोही अवसरमा ‘स्टुडेन्ट अफ द इयर’ विधामा कक्षा १० की छात्रा जेनिसा कार्कीलाई पुरस्कृत गरिएको थियो। साथै नर्सरीदेखि कक्षा १० सम्मका प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई समेत पुरस्कार प्रदान गरिएको थियो।