AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

रंगेलीमा एमाले उम्मेदवार मनोज अग्रवालको शक्ति प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ फाल्गुन २०८२, आईतवार १९:५९
180
Shares

विराटनगर /आसन्न निर्वाचनको मिति नजिकिँदै गर्दा मोरङ क्षेत्र नम्बर ५ का नेकपा एमालेका उम्मेदवार मनोज अग्रवालले चुनावी प्रचारप्रसारलाई तीव्र पारेका छन् । यसै क्रममा उनले आज रंगेलीमा विशाल र्याली निकाल्दै आफ्नो शक्ति प्रदर्शन गरेका छन् ।

रंगेलीको काली मन्दिरबाट सुरु भएको उक्त र्यालीमा सयौंको संख्यामा सिटी सफारी र मोटरसाइकलसहित नेता तथा कार्यकर्ताहरूको उत्साहजनक सहभागिता थियो । र्यालीले रंगेलीका ४, ५, ६ र ७ नम्बर वडाको परिक्रमा गर्दै मतदाताहरूसँग भोट मागेको थियो । अग्रवालको घरदैलो अभियान अहिले उत्कर्षमा छ र मौन अवधि सुरु हुनु दुई दिन अगाडि उनले यो विशाल र्याली निकालेका हुन् ।

मतदाताको उत्साहले जित सुनिश्चित : अग्रवाल

र्यालीपछि आयोजित कार्यक्रममा बोल्दै उम्मेदवार अग्रवालले आफ्नो घरदैलो अभियान उत्साहपूर्ण रूपमा सम्पन्न भएको बताए । उनले भने, ‘हामीले मतदाताको घर–घरमा पुग्ने पूर्ण प्रयास गर्यौं । केही ठाउँमा समय अभावले सबै घर पुग्न नसके पनि रंगेली, धनपालथान, जहदा र विराटनगरका ६ वटा वडामा एमालेप्रति देखिएको जनलहरले हाम्रो जित सुनिश्चित गरिसकेको छ ।’

अग्रवालले एक दशक पछि यस क्षेत्रमा एमालेको आफ्नै उम्मेदवार पाएकाले कार्यकर्ताहरूमा निकै ठूलो उत्साह देखिएको दाबी गरे । उनले चुनावी मैदानमा रहेका २२ जना उम्मेदवारमध्ये आफू बाहेक सबैलाई प्रतिस्पर्धीका रूपमा हेरेको बताए ।

जनतामाझ आफ्ना एजेन्डा राख्दै अग्रवालले शिक्षा, स्वास्थ्य र पूर्वाधारलाई प्राथमिकता दिएका छन् । उनले भने, ‘हाम्रो मुख्य एजेन्डा गाँस, बास, कपाससँगै शिक्षा, स्वास्थ्य, रोजगारी, सिंचाइ, खानेपानी र तटबन्धको समस्या समाधान गर्नु हो ।’ उनले मोरङ ५ को विकासका लागि यी आधारभूत आवश्यकताहरूलाई नै आफ्नो चुनावी मुद्दा बनाएका छन् । उनले भने ‘जितेर गएपछि मुख नदेखाउने रोग ममा छैन’

निर्वाचन जितेपछि नेताहरू हराउने र जनताको सम्पर्कमा नआउने आम गुनासोप्रति टिप्पणी गर्दै अग्रवालले आफू सधैं जनताको सेवक बनेर काम गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘कतिपयले जितेर गएपछि मुख देखाउँदैनन् भन्ने गुनासो छ, तर म त्यस्तो गर्ने छैन । म सदन चल्दा सदनमा र बाँकी समय मेरा मतदाताको बीचमा हुनेछु । म सधैं फोनमा उपलब्ध हुनेछु र प्रत्यक्ष भेटघाटमा रहनेछु ।’

एमालेको यो शक्ति प्रदर्शनले मोरङ क्षेत्र नम्बर ५ मा चुनावी सरगर्मी थप बढाएको छ । उनले चोक– चोकमा मतदाताहरूलाई सूर्य चिह्नमा मतदान गरी आफूलाई विजयी गराउन अपिल समेत गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर