AArya
RUMPUM
animated ellipse animated ellipse

विराटनगरको एभरेष्टमा धुमधामका साथ मनाइयो सरस्वती पूजा

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ माघ २०८२, शुक्रबार १७:५३
279
Shares
विराटनगर / विराटनगर– ५ स्थित एभरेष्ट सेकेण्डरी स्कुलमा आज धुमधामका साथ वैदिक विधिद्वारा सरस्वती पूजा गरिएको छ ।

एभरेष्ट स्कुलका मन्टेश्वरी, सेकेण्डरी र कलेजका ब्लक परिसरमा छुट्टाछुट्टै मुर्ति स्थापना गरि वैदिक विधिद्वारा सरस्वतीको पूजा गरिएको हो ।

हाम्रा धर्म र संस्कृति सबैको साझा सम्पति रहेको भन्दै विद्यालयका प्राचार्य टिकाराम पुरीले विद्यादातृ सरस्वतीको पूजा आरधना गर्दा विद्यार्थीहरुमा पनि छुट्टै उर्जा मिल्ने बताए । यस्ता पर्वहरुले धैर्यता, एकाग्रता र उर्जा समेत प्रदान गर्ने भन्दै उनले विद्यालयमा हरेक दिन सरस्वती बन्दना समेत गराउँदै आएको स्मरण गरे ।

विहानै विद्यालय पुगेका विद्यार्थीहरुले पण्डितजीले वाचन गरेका सरवती स्तोत्रमा प्रार्थना गर्दै पूजा गरेका छन् । सरस्वती पूजाका लागि विद्यार्थीसहित अभिभावकहरुको समेत सहभागिता थियो भने शिक्षक कर्मचारीहरुको समेत उपस्थिती थियो ।

विद्यालयका प्राचार्या पुरी र अध्यक्ष विनोद ढकालले मन्टेश्वरी ब्लकमा पूजा गरेपछि आरम्भ भएको सरस्वती पूजा माध्यामिक तह र कलेज परिसरमा भने विद्यार्थीहरुले आफै पूजा गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर