पूर्वाञ्चल खबर

कार्यक्रमको सुरुवात वैदिक मन्त्रोच्चारणसहित देवी सरस्वतीको विधिवत् पूजा गरेर गरिएको थियो। विद्यार्थीहरूले पूजा–अर्चना गर्नुका साथै आफ्नो पुस्तक, कलम तथा शैक्षिक सामग्री देवीसमक्ष अर्पण गरी विद्या, बुद्धि र सद्बुद्धिको कामना गरेका थिए। साना बालबालिकाहरूको उत्साह र अनुशासनले कार्यक्रमलाई थप आकर्षक बनाएको थियो।
विद्यालयका प्राचार्य विजय दाहालले सरस्वती पूजाले विद्यार्थीहरूमा शिक्षा, संस्कार र सांस्कृतिक मूल्यको महत्व बुझाउनका साथै यस्तै कार्यक्रमले धार्मिक सहिष्णुता, अनुशासन र सामूहिक सहभागिताको सन्देश दिने विश्वास व्यक्त गरे।
यस प्रकारका सांस्कृतिक तथा धार्मिक कार्यक्रमहरूबाट विद्यार्थीहरूको सर्वाङ्गीण विकासमा सकारात्मक प्रभाव पर्ने विद्यालयकी एकेडेमिक डाइरेक्टर निरु पौडेलको धारणा रहेको छ।
यस वर्ष भएको ५६ जनाको नयाँ भर्नाले हामीलाई अझ बढी उत्साहित र जिम्मेवार भई अघि बढ्न थप उर्जा दिएको स्कुलका प्रवन्धक निर्देशक पंकज जैनले बताए ।