पूर्वाञ्चल खबर

मोरङ जिल्लाभरिबाट म्यादी प्रहरीका लागि कुल ६ हजार ५८७ जनाले आवेदन दिएकोमा शारीरिक तन्दुरुस्ती लगायतका प्रारम्भिक चरणहरू पार गरेका ५ हजार ८३५ जना लिखित परीक्षाका लागि छनोट भएका थिए।
मोरङ प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डिएसपी) हरीनन्दन चौधरीका अनुसार मोरङमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वयमा कुल ४ हजार ९५४ जनाको कोटा तोकिएको छ। सोही कोटाका लागि शुक्रबार परीक्षार्थीहरूले आफ्नो योग्यता प्रदर्शन गरेका हुन्।
डिएसपी चौधरीले आज सञ्चालित लिखित परीक्षाको नतिजा शनिबार साँझसम्म सार्वजनिक गरिने जानकारी दिनुभयो। ‘लिखित परीक्षाको नतिजा भोली साँझ सार्वजनिक गर्ने तयारी छ,’ उनले भने, ‘लिखित परीक्षामा उत्तीर्ण हुने उम्मेदवारहरूलाई आगामी आइतबार अन्तर्वार्ताका लागि बोलाइनेछ।’
निर्वाचनलाई भयरहित, निष्पक्ष र सुरक्षित वातावरणमा सम्पन्न गर्नका लागि सरकारले ठुलो संख्यामा निर्वाचन प्रहरी भर्ना गर्ने प्रक्रिया अघि बढाएको हो।