AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

चुनावी सरकारमा गएका चार मन्त्रीहरु राजीनामा दिएर चुनावी मैदानमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ माघ २०८२, बुधबार ०८:३७
36
Shares
विराटनगर / गत भर्दै २३ र २४ गते भएको जेन जी आन्दोलनप्रश्चात चुनावी सरकारमा गएका वर्तमान अन्तरिम सरकारका चार जना मन्त्रीहरु राजीनामा दिएर निर्वाचनका लागि मैदान उत्रिएका छन् ।

फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नागरिक सरकार भएनिएपनि अन्ततः मनोनयन दर्ता हुने दिनमा चार जना मन्त्रीले राजिनामा दिएर चुनावी मैदानमा उत्रिएका हुन् ।

चार मध्ये तीन जना दलीय निर्वाचनको यात्रामा छन् भने एक जनाले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।
गत भदौ २३ र २४ मा भएको जेनजी आन्दोलनपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको थियो ।

अन्तरिम मन्त्रिपरिषद्मा रहेका मन्त्रीहरु मध्ये मंगलबार शिक्षामन्त्री महावीर पुनले राजिनामा दिएर एकाएक मनोनयन दर्ता गराउन गृहजिल्ला म्याग्दी पुगे । उनले स्वतन्त्र उम्मेदवारी दिए । पुनले शिक्षा मन्त्री रहुन्जेल भन्ने गर्थे, ‘चुनाव त लड्दै लड्दिनँ ।’ आफू चुनाव नलड्ने तर नयाँ दलहरू मिल्नैपर्ने बताउँदै आएका थिए ।मन्त्री पुजले राजीनामा दिनु अगाडि तीन जना मन्त्रीले राजिनामा दिइसकेका छन् ।

यस्तै निवर्तमान ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्री कुलमान घिसिङ काठमाडौं निर्वाचन क्षेत्र नम्बर ३ बाट उज्यालो नेपाल पार्टीबाट चुनाव मनोनय दर्ता गरे भने निर्वतमान सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल रास्वपाबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर २ को उम्मेदवार बने ।

निवर्तमान युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता पनि राजीनामा दिएर रास्वपाबाटै सिरहा १ को उम्मेदवार भएका छन् । स१चा। मन्त्री खेरेलले पनि मन्त्री पुन जस्तै हामी चुनावी सरकार हौ चुनाव नलड्ने भन्दै सस्तो प्रचार गर्दै आएका थिए । २७५ सदस्यीय प्रतिनिधिसभाका लागि ११० जना समानुपातिक निर्वाचन प्रणालीबाट निर्वाचित हुन्छन् भने १६५ जना प्रत्यक्ष निर्वाचन प्रणालीमार्फत निर्वाचित हुन्छन् ।

समानुपातिक तर्फको मनोनयन गत पुस १३ र १४ गते भइसकेको छ । प्रत्यक्षतर्फको मनोनयन मंगलबार सम्पन्न भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर