AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

जेनजी आन्दोलनपछि कतिपय दल हावामा नै दौडिरहेका छन् : मुख्यमन्त्री कार्की

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ पुष २०८२, बिहीबार १७:१७
117
Shares
विराटनगर / कोशी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका सचिव हिक्मतकुमार कार्कीले भदौ २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनपछि एमाले ठिंग उभिन सफल भएको बताएका छन् ।

मुख्यमन्त्री कार्कीले केही राजनीतिक दलहरू अझै उठ्ने प्रयासमै रहेको र कतिपय दल हावामा नै दौडिरहेको बताए ।

प्रेस चौतारी नेपाल मोरङ कार्यसमितिले आयोजना गरेको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार वितरण तथा एमालेको ११ औं महाधिवेशनमा मोरङबाट केन्द्रीय सदस्य एवम् आयोग सदस्यमा निर्वाचितहरुलाई बधाई तथा शुभकामना कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले एमाले भने धुलो टकटक्याएर उठ्न सफल भएको उल्लेख गर्दै उभिनु नै अहिलेको अवस्थामा ठूलो सफलता भएको बताए।

वर्तमान मुलुकको परिस्थितिलाई मूल्यांकन गर्दा निर्वाचन शान्तिपूर्ण र भयरहित रूपमा हुने सम्भावना अझै प्रस्ट नभएको मुख्यमन्त्री कार्कीले बताए। उनले निर्वाचनले मात्र नेपालको विद्यमान समस्याको समाधान गर्छ भन्ने ग्यारेन्टीसमेत नरहेको उल्लेख गरे ।

मुख्यमन्त्री कार्कीले भने, यो निर्वाचनले पनि समाधान गर्छ भन्ने छैन। संसद पुनर्स्थापना गरेर अहिले उठेका मागलाई सम्बोधन गरेर अगाडि बढियो भने मात्रै समस्याको समाधान हुन्छ।, एमाले संसद पुनर्स्थापनाको पक्षमा रहेको उनले दोहोर्‍याए ।

प्रेस चौतारी मोरङले हरेक बर्ष प्रदान गर्दै आएको शालिग्राम मन्जु दाहाल पत्रकारिता पुरस्कार २०८२ उदयपुरकी पत्रकार रेणु पराजुलीलाई प्रदान गरेको छ । पराजुलीलाई नगद २१ हजारसहित प्रमाणपत्र प्रदान मुख्यमन्त्री कार्कीले गरे। त्यसैगरी चौतारी मोरङले एमालेको ११ औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित जीवन घिमिरे, ऋषिकेश पोखरेल, पर्शुराम बस्नेत, दिलिप बगडिया, शिल्पा निराला कार्की र अनुशासन आयोग सदस्य राजमती इङनामलाई बधाई तथा शुभकामना व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर