AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

सुन्दरहरैंचा नगरपालिकालाई कम्प्युटरलगायतका सामाग्री सहयोग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

७ आश्विन २०८२, मंगलवार १७:३९
117
Shares
विराटनगर /मोरङको सुन्दरहरैंचा नगरपालिकाका पूर्व प्रमुख शिवप्रसाद ढकालले नगरपालिका कार्यालयलाई कम्प्युटरलगायतका सामाग्री सहयोग गरे ।

भदौ २४ गते भएको जेनजीको आन्दोलनको क्रममा नगरपालिका कार्यालयमा आगजनी, तोडफोड भएको थियो । आगजनी, तोडफोडबाट सुन्दरहरैंचा नगरपालिका कार्यालयका भवनलगायत आवश्यक सम्पूर्ण कागजात ध्वस्त भएको थियो ।

आज सुन्दरहरैचा नगरपालिकामा पुगेर नगरपालिकालाई काम गर्न सहजहोस् भनेर कम्प्युटरलगायतका आवश्यक सामान हस्तान्तरण गरेको पूर्व प्रमुख ढकालले बताए । ढकाललगायतका सहयोगीहरुले आठ थान कम्पयुटर, चारथान प्रिन्टर, १० थान टेबल र १० वटा दराज सहयोग गरे । जलेको कोठामा सामान्य मर्मत गरी कार्यालय सञ्चालन भएपनि आवश्यक सामानको अभावमा काम गर्न अप्ठयारो भएको थियो । अब केही सजिलो हुने सुन्दरहरैचा नगरपालिका प्रमुख केदारप्रसाद गुरागाईँले बताए ।

सुन्दरहैचा नगरपालिका कार्यालयको भवन पूरै ध्वस्त भएकाले यसको पूनःनिर्माण गर्नका लागि चार करोड बढी रकमको प्रारम्भिक स्टमेट गरिएको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले बताए । सुन्दरहरैंचा नगरपालिकामा नेपालरिका होटलसहित पूर्व मन्त्री भानुभक्त ढकालको घर, पूर्व मेयरको घर, मेयरको घर, नेपाली कांग्रेसको कार्यालयमा आगजनी भएको थियो ।

 

 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर