AArya
RUMPUM
animated ellipse animated ellipse

बन्दाकोपी बोकेको गाडीबाट गाँजा बरामद, तीन जना पक्राउ

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

२९ भाद्र २०८२, आईतवार १७:४७
198
Shares
विराटनगर / भारत तस्करी हुन लागेको गाँजा प्रहरीले बरामद गरेको छ ।

विराटनगरमा बन्दाकोपी ढुवानी गरिरहेको भन्दै लुकाइ छिपाइ गाँजाको अवैध ओसारपसार गरिरहेको अवस्थामा प्रहरीले ठूलो मात्रामा गाँजा बरामद शनिबार राती बरामद गरेको हो ।

प्रहरीले २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गर्दै ३ जनालाई पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित पेट्रोल पम्प नजिकबाट शनिबार राति ११ : ३० बजेतिर यो ठूलो परिमाणको गाँजा बरामद गरिएको हो। इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी निरिक्षक कविन राई नेतृत्वको टोलीले गाँजा बरामद गरेको हो ।

प्रहरी निरिक्षक राईको टोलीले उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा गइरहेको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीलाई रोक्न खोजेको थियो। तर चालकले गाडी भगाएर फरार भएपछि प्रहरीले खोजी गर्दा नजिकैको सडक किनारमा छोडेर राखिएको अवस्थामा गाडी फेला परेको थियो।

एसपी चिमरियाका अनुसार झट्ट हेर्दा गाडीमा बन्दाकोपी लोड गरेजस्तो देखिन्छ। तर माथिबाट बन्दाकोपी लोड गरेर तल गाँजा राखिएको रहेछ। यसरी बन्दाकोपीको आडमा गाँजाको अवैध ओसारपसार भइरहेको थियो।

प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सुनसरीको इटहरी उपमहानगरपालिका–५ की २० वर्षीया सञ्जु तामाङ, सोही ठाउँका २२ वर्षीय निखिल घिमिरे, विराटनगर–१८ का श्यामकुमार यादव रहका छन् ।

हाल पक्राउ परेका तीनै जनालाई आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ। फरार भएको गाडी चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेकाहरूको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर