AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

कान्तिपुर स्कुलमा निःशुल्क आँखा परीक्षण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२० श्रावण २०८२, मंगलवार १८:०९
216
Shares
विराटनगर / विराटनगर १० मा रहेको कान्तिपुर माध्यमिक विद्यालयले प्रथम त्रैमासिक परीक्षाको परीक्षा फल प्रकाशित अवसरमा निःशुल्क आँखा परीक्षण तथा चस्मा वितरण कार्यक्रम आयोजना गरेको छ।

विराटनगर आँखा अस्पतालका चिकित्सक समूहले कक्षा प्ले ग्रुप देखि कक्षा १० सम्मका विद्यार्थीहरूको आँखा परीक्षण गरेका थिए। उक्त कार्यक्रमबाट ३४७ बालबालिका तथा १५९ अभिभावक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्।

चिकित्सकहरूको टोलीले तीन समूहमा विभाजन गरेर उपचार गरेका थिए। जटिल समस्या भएका बालबालिकालाई रानी आँखा अस्पताल पठाएका थिए ।स्कुलका भाइस प्रिन्सिपल देवीलाल महतोको अनुसार बढ्दो मोबाइल र टिभीको प्रयोगले बालबालिकामा आँखाको समस्या बढ्दै गएको कारणले जनचेतनाको साथसाथै आँखा शिविर राखेको हो ।आँखाको समस्या भएको बालबालिकाहरूलाई निःशुल्क रुपमा चस्मा पनि वितरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर