पूर्वाञ्चल खबर
अमितकुमार चौधरीले संचालन गरेको विराटनगर १२ नहरचोक रानीपथमा रहेको साईकृष्ण मेडिकल हलले म्याद सकिएको औषधी विक्री वितरण गरेको पाइएपछि विभागको टोलीले आज शिलबन्दी गरेको हो ।
उक्त फार्मेसीले एक जना विरामीलाई खोकी लाग्दा खाने कफ सिरप म्याद सकिएको विक्री गरेको पाइएको छ । सो फार्मेसीले ती विरामीलाई सन् २०२४ डिसेम्बरको म्याद रहेको कप सिरप विक्री गरेको थिए । पछि ती विरामीले फार्मेसीले म्याद सकिएको औषधी दिएको भन्दै औषधी व्यवस्था विभाग विराटनगरमा उजुरी गरेका थिए । त्यसपछि विभागबाट आएको अनुमगन टोली आएर पसल शिलबन्दी गरेर अनुसन्धान सुरु गरेको ओषधी व्यवस्था विभाग विराटनगरका सूचना अधिकारी दिपेन्द्र खड्काले बताए । ‘एक जना विरामीलाई म्याद सकिएको औषधी दिएपछि विभागले अनुगमन गरेको हो ।
पसलमा आएर हेर्दा विक्री गरेको बाहेक अरु म्याद सकिएको औषधी फेला परेन । हामीले ति विरामीलाई दिएको औषधीको खरिद बिल लिएर आएका छौं । खरिद विल भने दिएको पाइएन । अहिले पसल शिलबन्दी गरेर अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘थप विषय अनुसन्धान पुरा भएपछि खुल्नेछ । तेही अनुसार कारवाहीको प्रक्रिया पनि अगाडी बढनेछ ।’