खबर पूर्वाञ्चल
उपनिर्वाचनमा गाउँपालिका अध्यक्ष जितेको माओवादीले एक महिनापछि मतदातालाई धन्यवाद दिने भन्दै तेतरियामा सभा आयोजना गरेको हो । सभालाई माओवादीका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सम्बोधन गरेका थिए ।
सडकै छेकेर त्यसरी सभा गर्दा यातायात आवागमन प्रभावित भएको स्थानीयले गुनासो गरेका हुन् । गाउँपालिकाको कार्यालय नजिकै सडकमा मञ्च बनाएर माओवादीको सभा आयोजना गरेको थियो । सभाका कारण सडक अवरुद्ध हुँदा सर्वसाधारणले भने सास्ती व्यहोरेका थिए ।
बाटो जाम हुँदा एम्बुलेन्स लगायतका अत्यावश्यक सेवाका सवारी साधन समेत रोकिएका थिए । जसका कारण ट्राफिक प्रहरीले बाटो खुलाउन सास्ती व्यहोर्नुपरेको थियो ।
एम्बुलेन्स नै रोकिएपछि कार्यक्रम सञ्चालकले सडकमै बसेका पार्टी कार्यकर्ताहरूलाई बाटो खालि गरिदिन माइकबाट भन्नु परेको थियो ।